पाल्पामा चक्कु प्रहार गरि साथीको हत्या ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०८० असोज १ गते ९:२९

पाल्पा,१ असाेज ।
पाल्पाकाे तिनाउ गाउँपालिका–२ घोंडेबासमा एक जनाको हत्या भएको छ।

हत्या हुनेमा तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्री रहेका छन् ।

स्थानीय एक घरमा भेला भएर तीज गितमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे ती युवक माथि धारिलो हतियार चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्थानीय महिला नाचिरहेका बेला ती युवाहरुबीच सामान्य झगडा भएको थियो । त्यही विषयलाई लिएर पुनः झगडा भएको बताइएको छ । झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक चन्दले बताए ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८० असोज १ गते ९:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology