औषधीय गुण बोकेको सिस्नोका फाइदा

Kandara News
प्रकाशित : २०८० असोज १२ गते १७:१९

सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । अझै पहाडी जिल्लाका दुर्गम स्थानमा सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ । तर यही सिस्नोको औषधीय महत्वबारे तपाइँ जानकार नहुन सक्नुहुन्छ ।


प्रस्तुत छ सिस्नोका केही औषधीय महत्व-

सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।
यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ ।
उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ ।
प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।
सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्‍याउँछ ।
यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ ।
सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ ।
पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ ।
शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ ।
शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।


प्रकाशित : २०८० असोज १२ गते १७:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology