एसियन कप २०२३ को टिकट बिक्रि आज बाट सुरु हुने

Kandara News
प्रकाशित : २०८० असोज २३ गते १०:४५

एसियन कप २०२३ को टिकट बिक्रि आज बाट सुरु हुने भयको छ।
स्थानिय आयोजक समितिले हिजो एक पत्रकार सम्मेलन गर्दै “जनवरी १२ देखि फेब्रुअरी १०, २०२४” सम्म
कतारमा आयोजना हुने प्रतियोगिताको टिकट बिक्रि आज मिति १० अक्टोबर २०२३ देखि सुरु हुने बताएको हो।
टिकट २५ रियाल देखि माथि तोकिएको छ ।
एसियन कपको १८ औ संस्करणमा पछिल्लो फिफा विश्वकप आयोजना भएका ७ रंगशाला संगै जम्मा ९ वटा रंगशालामा ५१ खेलहरु खेलाइनेछ ।

टिकट स्थानिय समिति र एएफसीको वेबसाइट बाट खरिद गर्न सकिनेछ।


प्रकाशित : २०८० असोज २३ गते १०:४५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology