जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

प्रेम बहादुर वाकावल
प्रकाशित : २०८० असोज २९ गते ६:४१

सहलकोट
२०८० असोज २८ , जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि निस्दी २ सहलकोट पाल्पाको आठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राममाया लामिछाने अध्यक्षता रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो।
मुख्य पाहुना सारुले कार्यक्रमको उदघाटन गर्नुहुदै सहकारी माहुरी बन्न सक्नुपर्छ । जसले मानिसहरुलाइ गुलियो मह प्रदान गर्दै गुन लगाउछ। त्यसै गरि सहकारीले पनि सम्पुर्ण सदस्यहरुलाइ गुन लगाउन सक्नुपर्छ भन्नुभयो । अब यस सहकरी संस्थाले सम्पुर्ण सदस्यहरु उद्यमी बन्ने खालका कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो ।
संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुहुदै अध्यक्ष राममाया लामिछानेले सेयर सदस्य ५सय १६ बाट ८ सय पुर्याउने,६५ हजार अदुवा वेसार खरिद बिक्रि गर्ने, १ हजार खसी बोका बजारीकरण गर्ने योजना रहेको बताउनुभयो । व्यस्थापक निर्मला रानाले ३ करोड ५६ लाख ४४ हजार २४ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।
यस सहकारी संस्थाको तेस्रो अधिवेशनले कृष्ण कुमारी रानाको अध्यक्षता रहेको ९ सदस्यीय एक कार्य समिति पुनर्गठन गरेको छ। उपाध्यक्षमा खुमिसरा पुलामी ,सचीव पार्वती बाकाबल,कोषाध्यक्ष गौमाया बाकाबल र सदस्यहरुमा टिकामाया पुलामी,खुम माया अस्लामी , तारा राना, करुमा सिंजाली र चमेली वि क रहेका छ्न ।
कार्यक्रममा विशिस्ट अतिथिद्व्य निस्दी गाउँ पालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ र जनविकास तथा परिचालन केन्द्र नेपालका कार्यकारी निर्देशक देविलाल लामिछानेले सहकारी भनेको कम पैसा हुनेहरुको बैंक हो। त्यसैले सहकारिमा बढी भन्दा बढी शेयर पुजि बढाइ ऋण परिचालन गर्दै उधमी बन्न सक्नुपर्छ भन्दै नवगठित समितिको सफलताको कामना व्यक्त गर्नुभयो ।
निस्दी गाउँ पालिका सहकारी शाखा संयोजक विमला आचार्यले सहकारी संस्थाको उद्देश्य ,आवश्यकता र नितिनियमका बारेमा जानकारी गराउनुभयो।
साधारणसभाको अवसरमा सबैभन्दा बढी खसी बोका बेच्न सफल दिपा साठिघरे र सीता साठिघरेलाई सहकारीको तर्फबाट पुरस्कृत गरेको छ।
कर्मचारी अमृता थापाको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन सचीव पार्वती बाकाबलले गर्नुभएको थियो ।


प्रकाशित : २०८० असोज २९ गते ६:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology