१५ औ अधिबेशन / ३० औ साधारण सभा जल्पा ढोलिमारामा सम्पन्न

माया राना
प्रकाशित : २०८० कार्तिक ३ गते २०:२७

१५ औ अधिबेशन / ३० औ साधारण सभा सम्पन्न

पुर्वखोला गाउपालिका वडा न 2 जल्पा ढोलिमारामा रहेको शयारि युवा क्लबको १५ अधिबेशन तथा ३० औ बार्शिक साधारण सभा सम्पन्न भएको छ । क्लबका अद्द्क्ष्य सृधन कवरले बार्षिक प्रगति प्रतिबेदन , भाबि योजना को साथै ७ लाख, ७६ हजार, ४३९ रुपिया बराबरको आर्थिक आयव्यय प्रस्तुत गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि जन सेवा युवा समुहका अद्द्क्ष्य तुलशा देवि बश्यालले जल्पाका युवाहरुलाइ एक्तृत गर्दै लैजाने, गाउ गाउमा बैदेशिक रोजगार बाध्येताले गर्दा युवा पुस्ताको न्युन उपस्थिति रहेको अबस्थामा पनि शयारि युवा क्लबमा भने बौद्दिक, शिक्षित युवाहरुको सहभागिताले सामाजिक काममा राम्रो सघाउ पुगेको बताउनु भयो। तेस्तै गरि बिशिस्थ अतिथि शम्भु मा बि का प्र अ चित्र बाहादुर कवरले आफु सस्थापक भै सामाजिक रुपान्तरण्को लागि यस क्लबले गर्दै आएको उदाहरणीय कामको चर्चा गर्नु भयो, बिशिस्थ अतिथि भिमि सरा आले, बाल क्लब प्रतिनिधि किरण कवर, जल्पा देवि महिला समुहका अद्द्क्ष्या दिलमाया कवर, कृषक समुहका अद्द्क्ष्य भिम बाहादुर सारु, शयारि बाल बिध्यलयका प्र अ मान बाहादुर ठाडा लगायतले शुभकामना दिनु भयो। अधिबेशनले सृधन कवरको अद्द्क्ष्यतामा १३ जना सदस्य रहेको नया कार्यसामिति चयन गरिएको छ, उपद्द्क्ष्यमा मिना देवि कवर, सचिबमा पिम बाहादुर कवर, सह सचिबमा दान बाहादुर कवर, कोष अद्द्क्ष्यमा भुमि सरा कवर चयन गरिएको छ्। सस्थाका सचिब भिम आलेको सन्चालन र सृधन कवरको अद्द्क्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८० कार्तिक ३ गते २०:२७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology