दशैं टिका थाप्न ससुराली पाल्पा पुगेका पुरुषको सुतेकै अवस्थामा मृत्यु

कन्दरा न्युज
प्रकाशित : २०८० कार्तिक ९ गते १७:४७

बुटवल । बुटवलबाट दशैंको टीका थाप्न ससुराली पाल्पा पुगेका एक पुरुषको मृत्यु भएको छ । बुधबार टीका लगाएर सुतेका बुटवल-१२ तामनगरका पर्वत थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार टीका थाप्न पाल्पाको पूर्वखोला-२ जल्पा पुगेका पर्वत खाना खाएर सुतेकोमा उनकी श्रीमतीले मध्यराती उठाउँदा नउठेपछि उपचारका लागि पाल्पा मिसन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको डीएसपी श्रेष्ठले बताए ।


प्रकाशित : २०८० कार्तिक ९ गते १७:४७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology