सातौं मण्डली कपको उपाधि निस्दी भलिबल क्लबलाई

होम राई मगर
प्रकाशित : २०८० कार्तिक २६ गते १०:१७

होम राई मगर
पाल्पा / २७ कार्तिक। पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवा,पाल्पामा सन्चालन भएको सातौं सातौं मण्डली कप अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ ।
प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३/२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी जीएम समाज नवलपुरले आयोजक टीम मण्डली स्पोर्ट्स क्लब पाल्पालाई ३/२ को अन्तरमा जीत निकाल्दै तेस्रो स्थानमा प्राप्त गर्‍यो भने आयोजक टीम मण्डली स्पोर्ट्सले सान्त्वना स्थानमा चित्त बुझाएको छ । प्रथम पुरस्कार बिजेता निस्दी भलिबल क्लबले ट्रफी सहित नगद १ लाख १२ हजार २३३ रुपैयाँ हात पारेको छ भने उपबिजेता मणिमुकुकुन्द भलिबल क्लब रुपन्देहीले ट्रफी सहित नगद ७५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको जीएम समाजले ट्रफी सहित नगद ५५ हजार १११ रुपैयाँ र सान्त्वना स्थानमा रहेको मण्डली स्पोर्ट्सले ट्रफी सहित २५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कार अन्तर्गत निस्दीका हिमल सुनारीले बेस्ट प्लेयर,निस्दीकै कुन्दन शाही ठकुरीले बेस्ट डिफेन्डरको पुरस्कार प्राप्त गर्‍यो । त्यसैगरी बेस्ट सेटरमा मण्डलीका सुदीप राना छनौट भए भने बेस्ट स्पाइकरमा जीएम समाज नवलपुरका मिलन चन्द ठकुरीले प्राप्त गरेका छन् । बिजयी समूह तथा खेलाडीहरुलाई एक कार्यक्रमका बिच संघीय सांसद नारायण प्रसाद आचार्यले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद आचार्यले खेलकुदको माध्यमबाट आफुलाई स्थापित गर्न खेलाडीहरु सक्षम हुनुपर्नेमा जोड दिनुभयो । खेलकुदले अनुशासित र जिम्मेवारी हुन सिकाउने भएकोले आफुमा भएको सीपलाई सदुपयोग गर्न सदैब तत्पर रहनुपर्नेमा आचार्यले जोड दिनु भएको थियो । कार्तिक २२ गते देखि पूर्वखोला,सिलुवाको खेलमैदानमा सन्चालन भएको प्रतियोगितामा विभिन्न क्लबका १० समूहहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम दिन सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय कलाकारहरु बद्री पंगेनी र प्रिती आलेको प्रस्तुति रहेको थियो ।
मण्डली स्पोर्ट्स क्लब सिलुवाको आयोजना र पूर्वखोला गाउँपालिका पाल्पाको सह-आयोजनामा सन्चालन भएको कार्यक्रम क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०८० कार्तिक २६ गते १०:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology