सामुदायिक रेडियो रामपुर पाल्पाको १५ औं बार्षिक उत्सव सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०८० कार्तिक २६ गते २१:०८

कात्तिक २६, रामपुर पाल्पा
सामुदायिक रेडियो रामपुर पाल्पाको १५ औं बार्षिक उत्सव आज बिहान शुभकामना आदानप्रदान गरेर मनाइएको छ । सामुदायिक रेडियो रामपुर संचालक समितीका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यपाहुना रामपुर नगरपालिका वडानम्बर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेलले सामुदायिक रेडियो रामपुर पाल्पाको विकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले संचार जस्तो महत्वपूर्ण क्षेत्रको समृद्धिका लागि यो वा त्यो नेतृत्व भएर फरक नपर्ने उल्लेख गर्दै सबै दलको एकताले नै विकास सम्भव भएकोमा जोड दिनुभयो । वडाअध्यक्ष पोख्रेलले विभिन्न सामाजिक संजालको विकृतीले समाजमा विभिन्न खालका गलत कुराको प्रचार भइरहदाँ रेडियो नै सहि सुचनाको संवाहक भएको बताउनुभएको छ । सामुदायिक रेडियोलाइ अगाडि लैजाने कुरामा आफु सधै लागिरहने भन्दै वडा बाट सक्ने सहयोग गर्नु प्रतिबद्धता जनाउनु भएको छ ।
रेडियो संचालक समितीका पदाधिकारी,कालीगण्डकी सामुदायिक विकासकेन्द्रका पदाधिकारी, रेडियोका पूर्व तथा बर्तमान समितका पदाधिकारी,विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधी विशिष्ठ आजिवन सदस्य, आजिवन सदस्य , सुवेच्छुक सहभागी कार्यक्रममा रेडियोका रेडियो संचालक समितीका अध्यक्ष ऋषिराम भट्टराईले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो ।
रेडियो संचालक समितीका उपाध्यक्ष रामप्रसाद खत्रीको स्वागतबाट शुरु भएको कार्यक्रममा रेडियोका निमित्त स्टेशन प्रवन्ध सिर्जना घिमिरेले स्टेशन प्रवन्धकको प्रतिवेदन सुनाउनुभएको थियो ।
रेडियो संचालक समितीका उपाध्यक्ष हमिद अलि मियाँले धन्यवाद दिनुभएको कार्यक्रममा कोषाध्यक्ष छायाँचन्द्र पंगेनीले कोषाध्यक्षको प्रतिवेदन तथा बजार व्यवस्थापक शोभाकान्त पाठकले आर्थिक आयव्यय सार्वजनिक गर्नुभएको थियो ।
रेडियोले बार्षिकउत्सवको अवसरमा आज बिहान शुभकामना आदानप्रदान चियापान गरेको थियो । कार्यक्रममा रामपुर नगरपालिका वडानम्बर ५ का निवर्तमान वडाअध्यक्ष हिमाल मल्ल, कालीगण्डकी सामुदायिक विकासकेन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोखरेल, नेपाली काग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई , नेकपा एमाले नगरकमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका नगरकमिटि अध्यक्ष यमबहादुर सुनार, नेकपा एकिकृत समाजवादी नगरकमिटि अध्यक्ष फडेश्वर गौतम,रेडियो रेडियोका संस्थापक स्टेशन प्रवन्धक सुकदेव पोख्रेल, रेडियो संचालक समितीका पूर्व उपाध्यक्ष हुमनाथ न्यौपाने, कालीगण्डकी सामुदायिक विकासकेन्द्रका उपाध्यक्ष एकराज अर्याल, रेडियोका कर्मचारी रमादेवी अर्याल भण्डारी, रेडियो प्रतिनिधी दामोदर तिमिल्सेना, लगायतले शुभकामना दिनुभएको थियो । २०६३ सालमा इजाजत प्राप्त गरेको रेडियोले २०६५ साल कात्तिक २६ गते अपरान्ह ४ बजेदेखी परिक्षण प्रसारण आरम्भ गरेको हो । २०६६ साल पुष २८ गते विधिवत् उद्घाटन गरेको रेडियो अहिले बिहान ५ बजेदेखी बेलुका सवाँ १० बजेसम्म प्रसारण हुन्छ । रेडियोमा अहिले करिब साढे ८ सयको हाराहारीमा आजिवन तथा विशिष्ठ आजिवन सदस्य आवद्ध रहनुभएको छ ।


प्रकाशित : २०८० कार्तिक २६ गते २१:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology