उद्बुद्ध कलेज को १७ औं साधारण सभा सम्पन्न

नविन आचार्य
प्रकाशित : २०८० कार्तिक २६ गते २२:०१

उद्बुद्ध कलेज को १७ औं साधारण सभा सम्पन्न
पाल्पा जिल्ला पुर्बखोला गाउँपालिकामा रहेको उद्बुद्ध कलेको १७ औं साधारण सभा सम्पन्न भयको छ । ग्रामीण भेगमा सन्चालित कलेज शैक्षिक गुणस्तर र उच्च तह सम्मको पढाईबाट यस भेगमा कोहि पनि बञ्चित हुनुपर्ने अवस्था रहेको छैन ।
आजभोलि काम गर्ने भन्दा धेरै कुरा गर्ने तथा आफ्नो अवस्था के छ त्यो नबुझि अर्काको मात्र कुरा काटने गरि सामाजिक सन्जाल को दुरुपयोग भयको तथा कलेज ले आगामि दिनमा बस सन्चालन को लागि पहल गर्ने समेत कार्यक्रम का प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य ले जनाउनु भयो ।

हरेक बर्ष गाउँपालिकाबाट रु ८००००० आठ लाख रुपिया बिनियोजित गरिरहेको र अाउने दिनमा यस कलेजको शैक्षिक गुणस्तर वृर्द्धि गर्नकालागि सधै गाउँपालिका तयार रहेकाे गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जनाउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ , पालिका उपाध्यक्ष भागिरथि भट्टराई , वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई ,पुर्व स्व वि यु सभापति नवीन आचार्य , निलकन्ठ न्यौपाने, पदम थापा लगायतले शुभकामना मन्तब्य राख्नुभयको थियो। कार्यक्रम ईश्वरि प्रसाद न्यौपानेको अध्यक्षता पिताम्बर न्यौपानेको स्वागत तथा सुशील न्यौपानेको सन्चालनमा सम्पन्न भयको थियो ।


प्रकाशित : २०८० कार्तिक २६ गते २२:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology