लैङ्गिक हिंसा विरुद्धकोको १६ दिने अभियानको दोस्रो दिन सहलकोटमा

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०८० मंसिर १० गते २१:२१

सहलकोट ,पाल्पा
२०८० मङ्सिर १० लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको दोस्रो दिन सहलकोटमा सम्पन्न भएको छ।
निस्दी गाउँ पालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना प्रशासन अधिकृत अर्जुन खनाल रहनुभएको हो।
मुख्य पाहुना खनालले कार्यक्रमको उदघाटन गर्नुहुदै हिंसा शारीरिक वा मानसिक दुवै रुपमा हुन सक्छ। सबैभन्दा बढी हिंसा हुन सक्ने क्षेत्र भनेको विद्यालय,घर परिवार र सार्वजनिक स्थान हो। जहाँ र जस्तोसुकै हिंसा भए पनि पालिका को न्यायीक समितिमा उजुरी दिनुपर्ने बताउनुभयो ।
केलादी प्रहरी चौकीका प्रहरी सहायक बाबुराम थापा मगरले कसैले कुनै पनि प्रकारको हिंसा गर्न नहुने र गरि हालेमा सहन नहुने भन्दै अन्यायमा परे न्याय पाउने र दिलाउने स्थान प्रशस्त रहेकोले निर्धक्क भएर उजुरी गर्न आग्रह गर्नुभयो ।
अधिवक्ता नारायण प्रसाद ज्ञावलीले हिंसा के हो, हिंसा न्यूनीकरण का उपायहरु, स्थानीय तहको न्यायीक अधिकार आदिका बारेमा सहजीकरण गर्नुभएको हो।
निस्दी गाउँ पालिका २ नम्बर वडाका वडा अध्यक्ष फत्ते सिंह दर्लामीको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा संयोजक विमला आचार्यले गर्नुभएको हो।


प्रकाशित : २०८० मंसिर १० गते २१:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology