जिल्ला स्तरिय स्वास्थ्य वार्षिक समिक्षा कार्यक्रम पूर्वखोला जल्पामा सम्पन्न

माया राना
प्रकाशित : २०८० मंसिर १५ गते २१:०७

जिल्ला स्तरिय स्वास्थ्य वार्षिक समिक्षा कार्यक्रम पूर्वखोला जल्पामा सम्पन्न

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले , स्वास्थ्य चौकि न्युनतम आधारभुत स्वास्थ्य सेवा मापडण्ड ( Hpmss ) सम्बन्धि , जिल्ला स्तरिय बार्षिक समिक्षा कार्यक्रम , पुर्वखोलाको सामुदायिक होमस्टे ढोलिमारामा सम्पन्न गरेको छ । पाल्पा जिल्लाका गाँउपालिका र नगरपालिका गरि १० स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य चौकि न्युनतम सेवा मापडण्ड कार्यक्रमका फोकल प्रशन गरि २० जना सहभागि रहेको कार्यक्रममा , गत आ ब 079 /080 मा स्वास्थ्य क्षेत्रमा भए गरेका वार्षिक प्रगति प्रत्येक तहले प्रस्तुत गरेका थिए, साथै न्युनतम मापदण्डको १००% स्कोरिङ गर्दा शुशाशन र ब्यबस्थापनको २०’क्लिनिकल ब्यबस्थापनमा ६० र कार्यलय ब्यबस्थापनमा २० प्रतिशत मा ५१२ प्रश्नको जवाफ स्थानिय तहमा दिएका थिए। कुनै तहमा ८५ % स्वास्थ्य क्षेत्रमा सुधार भएको देखियो भने कुनैमा ५१ % मात्र सफल देखिएको समिक्षा कार्यक्रमले निष्कर्ष निकालेको थियो । कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउपालिका अध्यक्ष नुन बहादुर थापाले, स्थानिय तहमा स्वास्थ्य क्षेत्रमा भएको सुधारको प्रशंसा गर्दै , निति नियम, परिमार्जन गर्दै जाने, समन्वय र सहजिकरणको लागि आफु सधै तयार रहेको बताउनु भयो।त्यस्तै गरि पुर्वखोला गाउपालिका अधिकृत सुन्दर श्रेष्ठले स्वास्थ्यक्षेत्रमा सबैको अर्जुनदृष्टि हुनुपर्छ भन्नु भयो, जल्पा वडा अध्यक्ष निर बहादुर सारुले जिल्लास्तरको समिक्षा मात्र नभई गाउको होमस्टे प्रवर्दनको लागि यो कार्यक्रमको आयोजना गरेकोमा खुशि ब्यक्त गर्नु भयो, यो कार्यक्रमले २०८०/०८१ को लागि कार्ययोजना समेत तय गरेको छ, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र कुमार गिरिको अध्यक्षता र जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका टिकाराम अधिकारिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८० मंसिर १५ गते २१:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology