२० औं स्वयं सेविका दिवस सहलकोटमा सम्पन्न

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०८० मंसिर १९ गते १९:२२

सहलकोट
२०८० मङ्सिर १९, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस हाजिरी जवाफ प्रतियोगिता गरि मनाएको छ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष जैसरा दर्लामीको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना वडा सदस्य टेकबहादुर चुहान रहनुभएको हो।मुख्य पाहुना चुहानले कार्यक्रमको उदघाटन गर्नुहुदै यस्ता कार्यक्रमले सामाजिक भावनाको विकास गराइ बौद्धिक क्षमता पनि बढने भएकोले समय समयमा यस्ता गतिविधि संचालन गर्नुपर्ने बताउनुभयो ।
“स्वास्थ्य क्षेत्रमा दिगो विकास , महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको संयुक्त प्रयास ” भन्ने नाराका साथ राष्ट्र व्यापी रुपमा यो दिवस मनाएको छ।
दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा महिला स्वयं सेविका पर्वती बाकाबलको समुह प्रथम , याममाया रानाको समूह द्वितीय र छिपु ढेगाको समुह तृतीय भएका छ्न।
कार्यक्रम सहलकोट स्वास्थ्य चौकी सहलकोटको आयोजना र निस्दी गाउँ पालिका मित्याल पाल्पाको आर्थिक सहयोगमा संचालन भएको हो। यसै अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको योगदानको उच्च कदर गर्दै प्रशम्सा पत्र प्रदान गरिएको छ।
प्रथम , द्वितीय र तृतीय हुने समुहलाइ जिन्सी सामानद्वारा पुरस्कृत गरेको हो।
हेल्थ असिस्टेन्ट कलप्रसाद भट्टको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन स्वास्थ्य चौकी प्रमुख जगत थापाले गर्नुभएको हो।


प्रकाशित : २०८० मंसिर १९ गते १९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology