नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाको जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी पूर्वखोलामा सम्पन्न

नविन आचार्य
प्रकाशित : २०८० पुष १ गते २२:०७

नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाको जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी पूर्वखोला -३ रिङ्नेरह उद्द्बुद्ध मा.वि.मा सम्पन्न भएको छ । २ दिन सम्म संचालन भएको गोस्ठीको सहजिकरण रेडक्रस सोसाईटीका सभापती राम बहादुर कार्की , कोषाध्यक्ष सन्तोष खनान , हरी न्यौपाने , सुदर्शन पाण्डे ले सहजिकरण गर्नु भएको थियो । गोस्ठी कार्यक्रममा संघिय साम्सद नारायण प्रसाद आचार्यले जहाँ समस्या छ त्यहा पुगेर जनताको सेवामा लाग्नु पर्ने बताउदै २०७२ साल तथा हाल गएको भुकम्पमा भुकम्पले प्रभावित क्षेत्रमा पुगेर काम गरेको बताउनु भयो । आचार्यले नेपाल रेडक्रस सोसाईटीको शाखा पूर्बखोलामा पनि खोल्न पहल गर्न कार्यसमिती अनुरोध गर्न आग्रह गर्नु भएको थियो । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले नेपाल रेडक्रस सोसाईटीको यो कार्यक्रमले घटना स्तरमा तुरुन्त निष्पक्ष रुपले काम गर्नु पर्ने बताउदै सबैमा रेडक्रसको भावना जाग्नु पर्ने बताउनु भयो । पाल्पा जिल्ला भरीका ५० बढी विद्यालयको सहभागी रहेको कार्यक्रम मा विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।
समापन कार्यक्रम उद्बुद्ध कलेज प्रमुख हरी प्रसाद न्यौपानेको अध्यक्षतामा उद्बुद्ध माविका प्र अ पिताम्बर न्यौपानेको स्वागत र उद्बुद्ध माविका स प्र अ सुशील न्यौपानेको संचालनमा भएको हो ।


प्रकाशित : २०८० पुष १ गते २२:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology