समाज सेवा अभियान रुपन्देही कतारको आठौ अधिबेशन सम्पन्न

बिकास गैरे
प्रकाशित : २०८० पुष ७ गते १३:५८

कतार-
समाज सेवा अभियान रुपन्देही कतारको आठौ अधिवेशन तथा १५औ स्थापना दिवस सम्पन्न भएको छ । २२ डिसेम्बर २०२३ शुक्रबारकादिन प्लाजा मल स्थित रेड चिल्ली रेस्टुरेन्टमा संस्थाका कार्यबाहक अध्यक्ष डिल्ली राम अर्याल को सभापतित्व तथा सस्था का संरक्षक इन्जिनियर अर्जुन प्रसाद भटराई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाली राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रम यसै सस्थाका संरक्षक समेत रहेक प्रमुख अतिथि इन्जिनियर भट्टराईले दिप प्रजोलन,ब्यानर अनावरण तथा केक काटि कार्यक्रमको उद्घाटन गरेका थिए।कार्यक्रममा ज्ञात आज्ञात सम्पुर्ण सहितहरुको नाममा एक मिनेट मौनधारण गर्दै सहिदहरुप्रती श्रद्धासुमन सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघसंस्थाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुका छाता संस्था लुम्बिनी प्रदेश समन्वय परिषद कातारका सचीव बिकास गैरेले यस जिल्ला सस्थाको परिषदसङ्ग राम्रो सहकार्य गर्दै आएको र आगामी दिनहरुमा पनि नाया आउने कार्यसमितिसङ्ग अझ बढी सहकार्य गर्न आग्रह गर्दै हरेक सहकार्यमा समन्वयकारी भुमिकामा काहीं नचुकी ततपर रहेने प्रतिबद्धता जाहेर गर्दै शुभकामना ब्याक्त गरेका थिए ।

 

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराई ले कतारमा रुपन्देही बासि धेरै भएता पनि आफुहरुले संस्थामा सबैलाई अबद्दा गराउन नसकेको स्विकार्दै दुख पनि ब्याक्त गरेका थिए ।अब यो कार्यकामा अन्य जिल्लाहरु बाट रुपन्देही जिल्लामा बसाईसरि बसो गर्दै आएका हाल कातारमा कर्मथलो बनाएका सम्पुर्णलाई समेटेर अगाडी लैजाने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

समाज ले दुई वर्षे कार्यकालमा गरेका कार्यप्रगति विवरण सस्था का सचिब छबिलाल सुचिकार ले प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्ने बक्ताहरुले यश सस्थाले गरेको कार्य प्रती उच्च प्रशंसा गर्दै नया आउने कार्यसमितिले आगामी कार्यकालमा यो भन्दा अझ बढि राम्रो काम गर्नको निम्ति शुभकामना दिएका थिए ।

 

कार्यक्रमका सभापति अर्याल ले आफ्नो कार्यकाललाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए साथै नयाँ बन्ने कार्यसमितिलाई सदैव समाज को हक-हितका लागि काम गर्न शुभकामना दिदै अधिवेशनको खुला सत्रको समापन गरेका थिए ।

समाज का सल्लाहकार भिम तरामु मगर ले सम्पुर्ण अतिथिहरुको लागि स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सस्थाका महासचिब शंकर प्रसाद न्यौपानेले गरेका थिए ।

नवनिर्वाचित कार्यसमिति

अध्यक्ष – लक्ष्मण पौडेयाल
बरिस्ट उपाधक्ष्य – शंकर प्रसाद न्यौपाने
उपाधक्ष्य – डिल्ली राम भट्टराई (दिप)
महिला उपाधक्ष्य -हेमा कुमारी न्यौपाने
महासचिब -राम लाल पराजुली (कुसुम)
सचिब – मनोज कुँवर
कोषाधक्ष्य – चन्द्र बहादुर फुलेल्ले
सह कोषाधक्ष्य – छबिलाल सुचिकार
कार्यसमिति सदस्य – रमेस प्रसाद न्यौपाने
कार्यासमित सदस्य – रबिन्द्र आचार्य
कार्यसमिति सदस्य – चन्द्र कुँवर
कार्यसमिति सदस्य – कुबेर राना


प्रकाशित : २०८० पुष ७ गते १३:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology