निस्दी गाउँ पालिकामा तीन दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

प्रेमबहादुर बाकाबल
प्रकाशित : २०८० पुष १५ गते १९:५२

निस्दी गाउँ पालिकामा तीन दिने उदघोषण तथा भाषणकला तालीम सम्पन्न भएको छ।
निस्दी खेलकुद विकास समितिका सचिव पुनाराम सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो।
मुख्य पाहुना सारुले यो तालीम छोटो भएकोले बामे मात्रै सर्न थालेको र अझ लामो अवधीको तालीम संचालन गर्न सके जस्तो सुकै कार्यक्रम पनि संचालन गर्न सक्ने बताउनुभयो। उहाँले यस तालिमले सत्य र तथ्य कुरा बुझी वास्तविकताको वकालत गर्न सक्ने क्षमताको विकास भएको छ भन्नुभयो ।
उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले तालिम उपलब्धि मुलक रहेको र प्रशिक्षार्थीहरुले छोटो समयमा पनि प्रगति गरेको प्रती खुशी व्यक्त गर्नुभयो ।
प्रशिक्षकद्व्य अग्नि प्रसाद भट्टराई र कुशल अर्यालले शुरूवाती चरणमा प्रशिक्षार्थीको अवस्था र तालिमपछिको अवस्थमा निकै फरक आएको बताउनुभयो ।
निस्दी गाउँ पालिकाको आर्थिक सहयोग र निस्दी खेलकुद विकास समितिको आयोजनामा तालिम संचालन भएको हो।
निस्दी खेलकुद विकास समिति का सल्लाहकार प्रेमबहादुर बाकाबलको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन प्रशिक्षार्थी अनिता बि क ले गरेको हो।


प्रकाशित : २०८० पुष १५ गते १९:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology