अन्धकारमुक्ति साकोसको सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०८० पुष १७ गते २०:४६

पौष, १७ रामपुर पाल्पा

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले सहयोगी सेवा केन्द्र स्तरीय २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सहयोगी सेवाकेन्द्र स्तरीय र केन्द्रिय कार्यलय स्तरीय साधारण सभा सम्पन्न गरेको हो ।
शुक्रबार विधिवत रुपमा २५ औं वार्षिक साधार सभाको शुभारम्भ गरी सेवा केन्द्रगत रुपमा साधारण सभा गरेको हो । सहयोगी सेवा केन्द्रमा आबद्ध शेयर सदस्यहरुको लागि राधादामोदर रेशम सभाहल रामपुर ५ कान्जीहाउस र केन्द्रिय कार्यालयमा आवद्ध शेयर सदस्यहरुको लागि दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा साधारण सभा सम्पन्न गरेको हो ।
राधादामोदर रेशम सभाहलमा भएको साधारण सभाको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उत्पादनलाई रोजगारीसग जोड्नु पर्ने आजको आवश्यक्ता रहेको बताउनु भयो । उहाले सहकारीको माध्यामबाट व्यावसायमा जोडिएर कृषक तथा उद्यमीलाइ बजारीकरणमा जोड्नु पर्ने उल्लेख गर्नु भयो । कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले कालिगण्डकी करिडोरले रामपुरलाइ चारैतिरको व्यापारिक केन्द्रसग सम्पर्क गर्ने सजिलो भएको बताउदै अन्धकार मुक्ति बबचत तथा ऋण सहकारी संस्था झोलाबाट शुरुवात गरी अहिले यसको विकास भएको देख्दा खुशि लागेको बताउनु भयो । उहाँले सहकारीहरु अब उत्पादनमुखी हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रामपुर नगपालिका वडा नं। ५ का वडाध्यक्ष दुगौ प्रसाद पोखरेलले अन्धकारमुक्ति सहकारीले रामपुर मात्र नभै पूर्वी पाल्पाको वित्तिय सेवामा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवी सिग्देल, नेकपा एमाले रामपुर नगर कमिटीका उपसचिव इश्वरी देवी खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य गिता वि।क।, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मिनराज रेग्मी, सूर्योदय कृषि सहकारी संस्थाका उपाध्यक्ष विनोद श्रेष्ठ, शेयर सदस्य प्रकाश चन्द्र सिग्देल, जीवनाथ ढुङ्गाना, चन्द्रा न्यौपाने भण्डारी, जेष्ठ नागरिकहरुको तर्फ बाट शेयर सदस्य केशर बहादुर खाँणले शुभकामना मन्तव्य राख्नु भएको थियो
कार्यक्रममा संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले संस्थाको वर्तमान अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । लेखा समिति संयोजक विष्णु प्रसाद लम्सालले संस्थाले ऐन तथा कार्यविधि अनुसार आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो । साधारण सभाको अवसरमा उत्कृष्ट बालबचत कर्ता अनिस श्रेष्ठ, उत्कृष्ठ शेयर खरिदकर्ता पवित्रा राना, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य अजित दिन मियाँ, नमुना व्यवसायी बसन्त बहादुर सार्की, असल ऋणी मिनमाँया श्रेष्ठ र नियमित बचत कर्ता जोक कुमारी सोती, उत्कृष्ट केन्द्र प्रमुख सीता प्रधानलाई पुरस्कार प्रदान गरेको थियो । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालक समितिका सदस्य मनोरथ भट्टराईको स्वागत, कोषध्यक्ष देवेन्द्र प्रसाद पोखरेलको धन्यवाद र कर्जा विभाग प्रमुख रामचन्द्र ढुङ्गानाको सञ्चालनमा भएको हो ।
यस्तै दरैठाँटी माविको सभाहल रामपुर नगरपालिका ६ विजयपुरमा भएको साधारण सभाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उट्घाटन गर्नु भएको थियो । नगर प्रमुख थापाले सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै सहकारी विना अर्थतन्त्रलाई सुव्यवस्थित तरिका बाट अघि बढाउन नसकिने बताउनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर उपसभापति ज्ञान प्रसाद भण्डारी, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर अध्यक्ष यम बहादुर सुनार, एकिकृत समाजवादी जिल्ला कमिटी पाल्पाका उपसचिव कमल सेन, राष्ट्रिय जनामोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैरे, अन्धकार साकोसका सल्लाहाकार सुकदेव पोख्रेल, जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण कुमार अर्याल, उज्यालो बचत तथा ऋण सहकारीका सदस्य कृष्ण प्रसाद अर्याल, जेष्ठ नागरिक देवराज ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई प्रविधि मैत्री बनाउँदै अघि बढाईएको जानकारी दिनुभयो ।
लेखासमिति सदस्य रामप्रसाद ढकालले संस्थाले ऐन र नीति अनुसार शेयर सदस्यको हितमा काम गर्दै अघि बढेको बताउनुभयो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव यम प्रसाद श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । संस्थापक अध्यक्ष मोहन भट्टराईले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो ।
सहकारीमा हाल १० हजार ७ सय ४७ शेयर सदस्य रहेको संस्थाको कुल पुँजी १ अर्व ५१ करोड पुगेको र गत आर्थिक वर्षमा ४ करोड ७१ लाख बढी नाफा गर्न सफल भएको संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो।
सस्थाले साधार सभा बाट निर्णय प्रमाणित गर्नका लागि सेवा केन्द्रस्तर बाट प्रतिनिधिहरु पनि चयन गरेको छ । प्रतिनिधिहरुको सहभागीतामा निर्णय प्रमाणित सहितको साधारण सभा तथा संस्थाको रजत महोत्सव न्यू श्रीनगर होटलको सभाहलमा पुस २० गते शुक्रबार हुने संस्थाले जनाएको छ ।


प्रकाशित : २०८० पुष १७ गते २०:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology