गाउँपालिका भित्रका विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रर्दशनी पूर्वखोलामा सम्पन्न

डिल्लीराज पंगेनी
प्रकाशित : २०८० पुष २१ गते ५:५९

गाउँपालिका भित्रका विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रर्दशनी पूर्वखोला सरस्वती मा वि मा सम्पन्न भएको छ ।३० समुहको सहभागी रहेको प्रतियोगितामा आधारभुतको ८ विद्यालय , मा.वी ७ विद्यालय र प्राथमिक तहको १५ विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगीतामा माध्यमिक तर्फ मातृभुमी मा. वि देवीनगर प्रथम , गणपति मा. वि विरकोट द्धितीय , र उद्बुद्ध मा.वि तृतिय भएको छ । आधारभुत तह अन्तरगत अकला आ.वि प्रथम , जनकल्याण आ.वि आफरडाडा द्धितीय र मदन आश्रीत आ.वि सानोगल्धा तृतिय भएका छन । प्राथमिक तह अन्तरगत बालकल्याण प्रा .वि झेमराङ्ग प्रथम , जनजागृती प्रा.वि द्धितीय र सत्यवती प्रा.वी लाकुरी तृतिय भएका छन
प्रथम द्धितीय तृतिय लाई प्रमाण पत्र सहित नगदले सम्मान गरिएको कार्यक्रमको प्रमुख अतिथि पूर्वखोला गाउँपालीका नुन बहादुर थापा , उपाध्यक्ष भागरथी भट्टराई , प्रमुख प्रसासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सरस्वती मा.वि वि. व्य.स अध्यक्ष राम प्रसाद आचार्यको अध्यक्षतामा पूर्वखोला गाउँपालिका शिक्षा शाखा संयोजक लोकहरी देवकोटाको संचालनमा भएको हो ।


प्रकाशित : २०८० पुष २१ गते ५:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology