रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पोखरेलको दम्पतीले लिए तरकारी खेतिबाट मनग्य आम्दानी

रमा भण्डारी
प्रकाशित : २०८० पुष २९ गते २१:२४

पौष २९ रामपुर पाल्पा
रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेललाइ जनताको सेवा सगै तरकारी खेति गर्ने भ्याइ नभ्याइ छ । रामपुर नगरपालिका वडा नम्वर ५ मटेरीमा बस्दै आउनु भएका पोखरेल केहि समय अगाडि भने व्यापारी पनि हुनु हुन्त्यो । व्यापार सग सगै राजनितिमा होमिनु भएका पोखरेल २०८९को स्थानिय निर्बाचनमा नगरपालिकाको वडा नम्वर ५ को वडा अध्यक्षमा निर्बाचित हुनु भएको हो । तरकारी खेति सगै जनताको कामको पनि जिम्बेबारी छ कसरी गर्नु भएको छ भन्दा पोखरेलले यसो भन्नु हुन्छ अफिसको समय त अफिसमै हुन्छु तर विहान ४ वजे उठेर २ वटा लैनो भैसि छ त्यसलाई श्रीमति र म मिलेर काम गर्छौ गोठको काम सक्छौ दिनको करिव १२ लिटर दुध डेरीमा लैजान्छौ यो हाम्रो दैनिकी हो भन्नु हुन्छ । वहाले त्यसपछि चिया खाजा आएर कतै जनताको काममा जान परे जान्छु नत्र भैसिलाइ घास काट्छु श्रीमति ले खाना तयार गछिन अनि सजिलो सग काम हुन्छ भन्नु हुन्छ ।
४ जनाको परिवार रहेको बताउदै छोरा अधिकृत भइसकेर जागिरमा छन् छोरी पनि जागिरमा शुरु गदै छन कृषि पेशा अति रमाइलो लाग्छ म त काम नगरी बसे भनि विरामी हुन्छु काम गर्ने मजा लाग्छ भन्नु हुन्छ पोखरेलकी श्रीमति भगवति पोखरेल । वहाले आफैले घरैमा विरुवा जमाएर लगाउने गरेको बताउदै अहिले पोखरेलको करीव २ रोपनी जग्गामा काउली बन्दा सोपको साग धनिया रायोको साग लगायतका तरकारी हरु बारिभरि छ । अहिले सम्म कतिको विक्रि गर्नु भयो त भन्ने प्रश्नमा भगवति पोखरेलले एकदिनमा सय देखि ढेड सय किलो सम्म विक्रि गर्छु तर बोकेर लैजान पर्देन घरमै व्यापारी लिन आउनु हुन्छ मासिक दुध र तरकारी बाट करिव ७० देखि ८० हजार सम्म हुन्छ पोखरेलले भन्नु भयो । भैसिको लागि घाँस पनि लगाएको छु करिव ६ रोपनी मा तोरी छ २ रोपनिमा आलु छ गहु पनि छ सबै कुरा घरमा उत्पादन गर्नै सके पैसा पनि स्वस्थ्य खाना पनि हुने त्यसैले कृषि गरे के हुदैन भन्ने उदारण बन्नु भएको छ पोखरेल दम्पति । वहाको घरमा अहिले लहरेबालिका लागि विरुवा राख्न हतार छ नगरपालिकाले अनुदानमा विउविजन बाडेको छ अहिले करिव २ रोपनीमा रोप्न पुग्ने विरुवा जमाएको छु कस्तो हुँन्छ भन्नु हुन्छ । विरुवा जमाउन माटो बनाउदै पृथ्वि जयन्तीको विदाको दिन कार्यक्रममा पुगेर आएको भन्दै विरुवा जमाउन थुगामा माटो भरदै बताउनु भयो ।
रामपुर नगरपालिको केन्द्रको रुपमा रहेको वडा नम्वर ५ का वडा अध्यक्ष पोखरेल समयको सदुपयोग गर्ने सके नहुनी केहि छैन समय खेरा फाल्न हुदैन भन्दै उज्यालो भए पछि जनताको सेवामा जानै पर्छ थोरै बचेको समयलाइ मिलाउन सके नहुने केहि छैन भन्ने उदारण समेत बन्नु भएको छ । पोखरेल वडाका विभिन्न योजना देखि नगरपालिकाको विभिन्न कार्यक्रममा पनि पुग्नु हुन्छ घरमा नुन चिनि चिया पत्ती मसला साबुन यस्ता सामान बाहेक अरु सबै घरमै उत्पादन गछौ यसैमा खुशि छु भन्नु हुँन्छ अध्यक्ष पोखरेल । तरकारी विक्रिबाट नै घरमा कुटानी पिसानी मिसिन तथा घाँस काट्ने मिसिन समेत खरिद गरेको र अर्काले देला र खाम्ला होइन आफैको मेहनतले उव्जेका तरकारी लटरम्म देख्दा जो कोहिको मन लोभ्याउछ पोखरेलकी श्रीमति ले बताउनु भयो ।


प्रकाशित : २०८० पुष २९ गते २१:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology