अंशुवर्मा मा वि को वार्षिकोत्सब सम्पन्न

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०८० माघ १९ गते १९:३३

२०८० माघ १९, अंशुवर्मा माध्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाको ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति सदस्य खुमीसरा पुलामीको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) रहनुभएको हो।
मुख्य पाहुना काजुमासा काकिमी ओके बाजेले कार्यक्रमको उदघाटन गर्नुहुदै रकम जम्मा गर्न गार्‍हो छैन। गुगलमा हेर्दा नेपाललाइ गरिव र अविकसित देश भनेर चिनिन्छ । हामीहरुले एक एक रुपैयाँ जम्मा गरेर पनि देश बनाउन सकिन्छ । त्यसै गरि विद्यार्थीहरुले जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गर्न सक्छ यसो गर्न सके युवा नेपाल बनाउन सकिन्छ भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक पहल सिंह सिंजालीले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुहुदै १ करोड १५ लाख ४४ हजार ५ सय ७६ रुपैया बराबरको अर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यसै अवसरमा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट शिक्षकहरुलाइ सम्मान पत्र र नगदद्वारा सम्मान गरेको हो।
कार्यक्रममा पत्रकार प्रेमबहादुर बाकाबल, शिक्षक अभिभावक संघ अध्यक्ष गणेश दर्लामी,वडा सदस्य टेकबहादुर चुहान लगायतले कार्यक्रमको सफलताको शुभकामना सहित धारणा राख्नुभएको हो।
वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न विधामा विजेता विद्यार्थी ,शिक्षक, अभिभावकहरुलाइ पुरस्कार प्रदान गरेको हो।
सहायक प्रधानाध्यापक दान बहादुर थापाको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन शिक्षक खिमाकान्त बाकाबलले गर्नुभएको हो।


प्रकाशित : २०८० माघ १९ गते १९:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology