श्रीमान सहित सम्पर्क विहिन पूर्वखोला माईत भएकी अनिता खोजि गरिदिन परिवारको आग्रह

डिल्लीराज पंगेनी
प्रकाशित : २०८० माघ २० गते २०:१२

पूर्वखोला पाल्पा,माघ २०
हाल सुनवल बस्ने मामा घर पूर्वखोला -१ सिलुवा बस्ने प्रवीण सुनार र पूर्वखोला -३ अर्खलडाँ बस्ने अनिता ढेंगा २ बर्ष अगाडी विवाह बन्धनमा बाधिएका थिए। प्रविण – अनिता र चढेको बाईक १ हप्ता देखि सम्पर्क विहिन भएको अनिताको जेठानी भगवती सुनारले बताउनु भयो ।

प्रविण दम्पती रोजगारको सिलशिलामा तनहु बस्दै आईरहेको प्रवीण तनहु लघुबित्तमा जागिरे थिए । प्रविणका बुबा विरामी भएर हस्पिटलमा भएकाले सुनार दम्पती विरामी वुवालाई भेट्न बिहिबार सुनवल आएको र शुक्रबार बुबा लाई डिस्चार्ज गरेर घर लगेको अनिताको जेठानी भगवती सुनारले बताउनु भयो ।

सुनार दम्पती माघ १३ गते शनिवार विहान ११ बजे सुनवल घरबाट बाईकमा चढेर तनहु जान हिडेको भगवती सुनारले बताउनु भयो । रातको ८:३० बजे तिर प्रविण सुनार र प्रविण को आमा संग फोनमा कुरा भएको फोनमा म रुममा आए खाना खाए भन्ने कुरा भएको बताईएको छ ।

सुनार तनहु घर भाडामा बस्दै आईरहेका थिए सुनार जन उत्थान सामुदायिक लघु वित्त संथामा काम गर्थे सोही सहकारीमा काम गर्ने इन्द्र बरालका अनुसार अफिसमा ११ गते सम्म उपस्थित भएको त्यो दिन बाट अफिस नआएको र सुनार बस्ने कोठामा सुनारको आफन्ती बोलाएर खोल्दा पनि नभेटीएको बरालले बताउनुभयो । उहा
प्रविण दम्पतिको खोजी कार्य गर्नको लागि प्रहरी कार्यालय तनहु तथा पाल्पा , नवलपुर , सुनवल प्रहरी कार्यालयमा रिपोर्ट गरिएको सुनारको मावली लक्ष्मण वि.क.ले जानकारी गराउनु भयो । छोरी ज्वाईको खोजी गर्न को लागि अनिताको अंकल बल बहादुर ढेगाले सबै संग अनुरोध गर्नु भएको छ ।


प्रकाशित : २०८० माघ २० गते २०:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology