मार्च १ मा जनप्रगतीशील मञ्च कतार को छैटौं महाधिवेशन हुने

बिकस गैरे
प्रकाशित : २०८० फागुन ८ गते १६:०३

बिकास गैरे /दोहा-कतार

“संसारका मज्दुरहरु एक होऔ” भन्ने मुल नाराकासाथ २००७ मा स्थापना भै निरन्तर श्रमिक को हकहितको मुद्दा उप्पर रहि काम गर्दै आएको संगठन नेपाली जनप्रगतिशील मञ्च कतारको छैटौं महाधिवेशन हुने भएको छ ।

 

१ मार्च २०२४ शुक्रबारकादिन मन्सुरा स्थित होटल होलि डे भिल्ला को शभाहलमा छैटौं महाधिवेशन गर्नलागेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारिले जनसवाल राष्ट्रिय दैनिकलाई जानकारी गराएका छन ।
नेपाली जनप्रगतीशील मञ्च नेकपा माओवादी केन्द्रको प्रवास संगठन हो । छैटौं महाधिवेशन लाई सम्बोधन गर्न नेपाल सरकारका पूर्ब गृगमन्त्री,पूर्ब उर्जामन्त्री,पूर्ब अर्थमन्त्री नेकपा माओबादी केन्द्रका उप महासचिव जनार्दन शर्मा लाई प्रमुख अतिथिको रुपमा ल्याइदैछ । तेस्तै गरि माओबादी केन्द्रका केन्द्रीस सदस्य तथ प्रवास समन्वय कमिटी नेपाली जनप्रगतिशील मञ्चका सह इन्चार्ज लक्ष्मण पन्थ,जनबादी गाएक नवीन खड्का र नेपाली जनप्रगतीशील मञ्च पश्चिमी एसिया का संयोजक तथा प्रवास समन्व कमिटिका सदस्य शनि कुमार ओलिको पनि सहभागिता रहने छ ।

 

NPPF कतारले यसै महाधिवेशनको अवसरमा कतारमा स्थापित सम्पुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेबिहरु,विभिन्न सामाजिक अभियान्तहरु,बुद्धिजिबिहरु,पत्रकारहरु,कलाकारहरु साथै कतारलाइ कर्मथलो बनाई बसेकाका सम्पुर्ण आस्थावान नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लाई आह्वान गरेको छ ।।


प्रकाशित : २०८० फागुन ८ गते १६:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology