मातृभूमि माद्यामिक विद्यालय पुर्वखोला गाउपालिका वडा नम्बर ४ देविनगर ६७ अाै वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०८० फागुन १२ गते २३:२५

मातृभूमि माद्यामिक विद्यालय पुर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर ६७ अाै वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ।

विद्यालयका प्र अ मेहरमान थापाले विद्यालयकाे शैक्षिक भाैतिक प्रगति प्रतिवेदन , १ करोड ७३ लाख ३९ हजार २ सय ६० रुपिया बराबरको अायव्याय र विद्यालयकाे भावि याेजना प्रस्तुत गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले शिक्षा मानव जिवनकाे सहि मार्गदर्शन हाे । शिक्षाले मात्र घर समाज देश परिवर्तन गर्न सक्छ ।बालबालिकाले जस्तो शिक्षा दियो त्यस्तै सिक्छन् , त्यसैले गुणस्तरीय ,व्यवहारि जीवन उपयाेगि शिक्षा दिनु पर्ने र तीन तहकाे सरकारले सहि शिक्षा नीति बनाइ अहिले विदेशीने युवाकाे जमात राेकि स्वदेशमै राेजगारि व्यवसायी बनाउन सके देशकाे विकासमा छिट्टै फर्काे मार्ने बताउनुभयो ।

विशिष्ट अतिथि पुर्वखाेला गाउपालिका अध्यक्ष नुन बहादुर थापाले शिक्षा सुधारमा विद्यालय अभिभावक विद्यार्थीकाे त्रिकोणत्मक सम्बन्ध हुनु पर्छ , विद्यार्थीहरुकाे शिक्षासंगै अनुशासित हुनु पर्ने , अभिभावकले बच्चालाई विद्यालय पठाए मात्र हुदैन अावश्यक शैक्षिक सामाग्री व्यवस्थापन गर्ने , पढ्ने वातावरण मिलाउनु पर्ने , शिक्षकले अाफ्ना विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिन दिनरात लाग्नु पर्ने भन्दै पुर्वखाेला गाउपालिकाले एक धारकाे शिक्षा संचालन गरेको , विभिन्न विषयका शिक्षकलाइ तालिमकाे व्यवस्था गरेको बताउनुभयो ।

विद्यालयमा ज्यान कुमारी कार्की स्मृति छात्रवृत्तिका सस्थापक नारायण कार्कीले स्थापना गरेको छात्रवृत्ति ६२ हजार रहेकोमा ३८ हजार थप गरि १ लाखकाे छात्रवृत्ति स्थापना गर्नुका साथै लियाे क्लब अप काठमाडौ पिस्स वडकाे सहयोगमा ५०जना विद्यार्थीहरुलाइ कापि कलम ज्यामितिबक्स वितरण गर्नु भयो ।
स्वर्गीय बाबा बल बहादुर सिंजालि र स्वर्गीय अामा हिरा सरा सिंजालिकाे स्मृतिमा हाल यु के मा बस्ने छाेरा जय बहादुर सिंजालि बुहारी तेज कुमारी सिंजालि नाति राेम सिंजालिले ८० हजारकाे छात्रवृत्ति ,
स्वर्गीय बाबा चुमान सिं सिंजालि स्वर्गीय अामा रनुका सिंजालिकाे स्मृतिमा छाेरा विद्यालय अभिभावक संघमा अध्यक्ष हुम बहादुर सिंजालि बुहारि साेहि विद्यालयका शिक्षक यम कुमारी सिंजालि नातिनि अस्मिता सिंजालि नाति अाशिष सिंजालिले ५५ हजार ५ सया ५५ रुपैयाकाे छात्रवृत्ति ,
स्वर्गीय बाबा नर बहादुर सिंजालि स्वर्गीय अामा खेमा सरा सिंजालिकाे स्मृतिमा छाेरा साेहि विद्यालयका शिक्षक तुल बहादुर सिंजालि बुहारि विष्णु कुमारि सिंजालिले २५ हजार ५ रुपैयाकाे छात्रवृत्ति ,
कफलडाडा निवासी रुद्र बहादुर वि क ले अाफ्ना स्वर्गीय श्रिमति हरिकला वि क काे नाममा ५ हजारकाे छात्रवृत्ति स्थपना गर्नु भयो ।
देविनगर वडाका अध्यक्ष मेहर सिं थापा ,वडा सदस्य भुवन सिंजालि, पुर्वखाेला शिक्षा शाखाका सदस्य रिम प्रसाद श्रेष्ठ , टेक बहादुर खत्री , अब्दुला कुजडा , , हुम बहादुर सिंजालि , राधा सि के , लगाएतले शुभकामना दिनु भएको थियोे ।

२०७९ सालमा कक्षा १२ र SLC मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानपत्र नगद पैसाबाट सम्मान गरेको थियो ।
विभिन्न व्यक्तिहरुबाट स्थापना गरेको छात्रवृत्ति वितरण ,
८ गते देखि संचालन विभिन्न खेलकुद , बाैदिक , भलिबल प्रतियोगितामा विजय हुनेलाई पुरुस्कार वितरण गरेको थियो

विद्यार्थीहरुले पिटि , स्थानीय नाच, सन्देश मुलक नाटक प्रस्तुत गरेको थियो ।
कार्यक्रम शिक्षक लक्ष्मण के सि काे संचालन विद्यालय व्यवस्थापन सिमितका अध्यक्ष भाेज बहादुर मश्राङ्गिकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०८० फागुन १२ गते २३:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology