एउटा युगले जन्माएको युग पुरुष रहेछन प्रचण्ड

बिकाश गैरे
प्रकाशित : २०८० चैत १ गते १०:१२

कन्दरा सम्बादाता – तपाईलाई घृणा पनि लाग्दो हो कहिलेकाही १७ हजार मारेर अएको भन्दै ! हो यहिनेर हाम्रो बुझाईमा कमजोरी रहदा र कम आकलनको नतिजा देशले अहिले भोगिरहेको छ ।

युद्धकालिन सुरुवात सगै प्रचण्डलाई नपत्याएरै होला कसैले चिन्थेन पनि । सात सालको क्रान्ती र झाप बिद्रोहलाई निकै ठूलो क्रान्ती सम्झिने गरिन्थ्यो । २-४ जनाले गुलेली हानेको भनेर खिसीटिउरि गर्ने चलन बसिसकेको थियो ।

जब प्रचण्डको नेतित्वमा जनयुद्ध घोसणा भैसक्दा समेत ५२ सालमै सकिन्छ भन्थे । ५५ सालमा अब घुडा टेक्छ भन्थे । ५० लाख टाउकाको मूल्य तोकियो अब त लास मात्र भेटिन्छ भन्थे । ६२/६३ सालमा ठूलो आधिबेहरी जस्तै प्रचण्ड हेर्न देशै उर्लियो, चट्ट जुँगा पालेको जुल्पी ढल्काएको हेर्दै हलिवुड सुपरस्टार जस्तो मोहित बनाउने प्रचण्डको शरीर देख्दा देशै प्रचण्डमय बन्यो । संविधानसभाको पहिलो चुनावमा जनताले १२० सिट प्रत्यक्ष (झन्डै बहुमत) दिए ।

 

६५ सालदेखि कथित मिसन पत्रुकारीता र शक्तिशाली पार्टीहरुको मोर्चाबन्दीको चपेटामा समेत न डगमगाई आफ्नै सुरमा हिडेको प्रचण्ड ६६/७०/७४ को सालसम्म आउदा राजनितीको केन्द्र बिन्दुमै रहिरहे । सुशील कोइराला, शेरबहादुर देउवा, माधब नेपाल, झलनाथ खनाल र एमाले अध्यक्ष ओलिलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍याउन उनको योगदान रह्यो । उत्तराधिकारी बन्ने दृश्यमा रहेको छोरा प्रकाश र छोरीको बिचमै अबसान भो । पारिवारिक वियोग र संसदीय गणितीय संख्यमा कमजोर उपस्थिति रहेका उनि नेकपा विघटन र ७९ को चुनावसम्म आइपुग्दा ३२ सिटमा खुम्चिन पुगे । तथापी ३२ सिटमै खुम्चिएको पार्टी देशकै ठुला दललाई घुमाई घुमाई तीन तीन पटक बिश्वासको मत लिदै आज ८० सालसम्म आइपुग्दा राजनीतिको केन्द्रबिन्दुमा रहेर सबैलाई पुच्छर बनाउन सफल भए ।

 

पार्टी बिभाजन, आन्तरिक घेराबन्दी र शक्तिराष्ट्रको चेपुवामा परेको प्रचण्ड आजपनी उहीँ राजनितीको डाइनामिक हिरो जस्तै बादसाह बनिरहेको देख्दा साच्चै राजनीति गर्ने जो कोहिले प्रचण्ड बन्न हर प्रयास गर्छ । तर उनले भनेजस्तै एउटै युगमा धेरै प्रचण्ड जन्मिन असम्भव छ । युग, समय र सताब्दिले सधै सम्झिरहने एउटा पात्र इतिहासमा सधै चर्चाको शिखरमा रहन्छ भने त्यो केवल प्रचण्ड मात्रै हो भन्न कुनै विश्लेषण गरिरहनु नपर्ला ।

भलै उनका नकारात्मक पक्ष पनि होलान जे सुकै भएपनी उनको राजनैतिक कलालाई बाघचालको एउटा अब्बल खेलाडीको रुपमा सधै मार्गदर्शन रहला । उनका कमजोरिलाई ढपक्क ढाक्ने गरि उनले नेपाली समाजलाई योगदान दिइसकेका छ्न ।

लचकता र क्रमभंगतालाई एक्लै जोखिम मोलेर हिड्ने प्रचण्ड अरुका लागि जे सुकै भएतापनी मेरो लागि आदर्शको एउटा पुस्तक जस्तै सधै ज्ञानको भंडार झै अमर रहनेछ । स्विकार गर्न गरो भए पनि मलाई जस्तै धेरैलाई लाग्दो हो एउता युगले जन्माएको सपूत युग पुरुस रहेछ्न प्रचण्ड ! देशको पछिल्लो स्थितिलाई आकलन गर्दै जादा अझै प्रचण्डको आबस्यकता बढेर आयो भनेर बुझ्न सकिन्छ !


प्रकाशित : २०८० चैत १ गते १०:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology