रामपुर नगरपालिकाले विभिन्न पसल व्यवसायको अनुगमन गर्यो ।

रमा भण्डारी रामपुर पाल्पा
प्रकाशित : २०८० चैत ६ गते १९:४७

 

चैत ६

रामपुर नगरपालिकाले बजार क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दैै नगरपालिकाले विभिन्न पसल व्यवसायको अनुगमन गरेको हो । नगरपालिकाले वडा नं. ३ को रजघरा बजार , वडा नं. ४ को सदावर्त, वडा नं. ५ को मटेरी , बाङ्गेपसल , बेझाँड बजार क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको हो । बजार क्षेत्रमा रहेका खाद्य तथा किराना पसल ,स्वास्थ्य क्लिनिक ,मासु पसल , कस्मेटिक तथा फेन्सी पसल गरि ४६ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो । अनुगमनका क्रममा मूल्य सुची नराखेको, दर्ता नविकरण तथा सुचिकृत नगरेको ,म्याद गुजे्रका अखाद्य बस्तु विक्रिका लागि राखिएको , लेबलिङ नभएको सामाग्री विक्रीका लागि राखिएको भेटिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ , विस्कुट ,चकलेट,चाउचाउ ,झिनिया ,सुर्तिजन्य पदार्थ , पाउरोटी ,तेल ,सुजी,औषधी लगाएतका ३५ प्रकारका सामग्री बरामद गरि नष्ट गरिएको छ । अनुगमनका क्रममा ५६ हजार ६ सय ५९ रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । अनुगमनका क्रममा नियमसंगत ढंकबाट व्यवसाय सञ्चालन अनुरोध गरिएको र पटक पटक अटेर गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । नगरबासी उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरि अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । साथै उपभोक्ताको स्वास्थ र खाद्य बस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरि पसल व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्नु भएको छ । अनुगमन समितिका संयोजक तथा उपप्रमुख थापाको संयोजकत्वमा भएको बजार अनुगमनमा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवाली , घरेलु तथा साना उद्योग कार्यालय पाल्पा , खाद्य प्रवद्र्धन तथा गुण नियन्त्रण कार्यालय तानसेन पाल्पाका नरेश श्रेष्ठ , करदाता सेवा कार्यालय पाल्पाका योगमाया न्यौपाने , रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल लगाएतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०८० चैत ६ गते १९:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology