शम्भु मा बि जल्पाको ६५ औं बार्षिक उत्सव सम्पन्न

माया राना
प्रकाशित : २०८० चैत ३० गते २१:५७

पुर्वखोला गाउंपालिका वडा नं २ जल्पामा रहेको शम्भु माध्यामिक बिध्यलयले आफ्नो ६५ औं वार्षिक उत्सब तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।बिध्यलयका प्रधानाध्यपक  चित्र बाहादुर कवरले  २ करोड २ लाख २६ हजार बराबरको आय ब्यय बिबरण सहित बिध्यलयको बार्षिक प्रगती प्रतीबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्बखोला गाउपालीकाका अध्यक्ष नुन बहादुर थापा प्रमुख अतिथिको रुपमा  रहेका थिए । प्रमुख अतिथि थापाले बर्तमान शिक्षाको अवस्था, सामाजिक संजालको प्रभाब, विद्यालयमा आफ्ना बालबालिका  प्रती अभिभावकको क्रीयाशीलता  र चासो प्रती धन्यबाद दिएका थिए । यसै अवसरमा भु पु विद्यार्थी  भिम आले, जल्पा स्वास्थ्य  चौकि प्रमुख पदम थापा दर्लामी, शिक्षक प्रतिनिधिहरु मोहन बाहादुर रखाल, तुलसा बस्याल, रमेश न्यौपाने, बिद्ध्य ब्यबस्थापन समितिका डोल राज बि क, भिम जर्घा लगायतले बिध्यलयलाई शुभकामना दिनु भयो ।

कार्यक्रमको विद्यालया बिचमा बिधार्थिद्वारा मार्शल आर्ट खेल र सांस्कृती कार्यक्रम तथा खेल प्रदर्शन गरीएको थियो भने पुरस्कार वितरण ,अक्ष्यकोष छात्रबृती, सम्मान कार्यक्रम पनी रहेको थियो। नेतृत्व बिकास र बाल सहभागितालाइ प्रोत्साहन गर्नको लागी बाल्बालिकालाई नै सन्चालनको जिम्मा दिइएको थियो । कार्यक्रम निकै रोचक रहेको थियो । उपस्थित सम्पुर्ण अतिथिको आसनग्रहण लगत्तै राष्ट्रिय गान बाट सुरुभएको कार्यक्रममा बिधलयका साहायक प्रधानाध्यपक टोलसरी राईले स्वगत गरेकी थिइन ।

बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष निर बाहादुर सारुको अध्यक्षतामा चलेको कार्यक्रमको सहजीकरण  यसै बिधालयका बिधार्थि दोय कृतिशा सारु र रबि नेपालीले गरेका थिए ।


प्रकाशित : २०८० चैत ३० गते २१:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology