नयां बर्ष २०८१ को अवसरमा गरीएको खुल्ला भलीबल प्रतियोगिता जल्पामा सम्पन्न

माया राना
प्रकाशित : २०८१ वैशाख २ गते २३:५५

जन सेवा युवा समुहको आयोजनामा पुर्वखोला गाउपालिका वडा न २ जल्पामा, खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । हरेक बर्ष बिभिन्न कार्यक्रम गरी युवा समुहको नेतृत्वमा नयां बर्ष मनाउने गर्दछ्।
सस्थाका अध्यक्ष तुल्शा देवि बस्यलको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।


१० टिम सहभागी रहेको प्रतीयोगितामा गेझा बर्दलेका युवा समुह पहिलो, जल्पा माथिल्लो झेरुदिका समुह दोस्रो र आयोजक सस्था तेस्रो भएको थियो । बिजय खेलाडीहरुलाई नगद पुरस्कार क्रमस ५० हजार, ३० हजार र २० हजार , मेदल र प्रमाण पत्र सहित सम्मान गरीएको थियो।

कार्यक्रममा पूर्बखोला गाउपालीकाका अध्यक्ष नुनबहादुर थापा प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथि थापाले खेल क्षेत्रले युवाहरुमा अनुशासनको पाठ सिकाई सामाजिक जिम्मेवारी, युवाहरु उत्पादन गर्ने, खेल्कुदले स्वास्थ्य र दक्ष युवाहरुको पहिचान गर्ने भएकोले युवामा लगानी गर्न आफु सधै तत्पर रहेको बताएका थिए ।

कार्यक्रमका बिशिस्थ अतिथि पूर्बखोला गाउपालीका जल्पाका वडा अध्यक्ष निर बाहादुर सारुले पहिले देखि चलि आएको नयां बर्षलाई पर्वको रुपमा स्थापित गर्न यसै अवसरमा आयोजना गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन कुनै न कुनै कार्यक्रमको आयोजना गरी संरक्षण गर्नु पर्छ भन्दै खेल्कुदको महत्वलाई जोड दिएका थिए ।

सस्थाका अध्यक्ष बस्यालले यस खुला भलिबल प्रतियोगिताको सयोजक रनबिर बराल रहेका थिए। भबिष्यमा आई पर्ने अवसर तथा चुनौतीहरुको सामना गर्दै यस क्षेत्रभित्र रहेका युवाहरुलाई एकीकृत बनाउन, र सिङ्गो जल्पाको लागी एेतिहासिक रुपमा रहेको नयां बर्ष मेला लोप हुन नदिन पनी कार्यक्रमले सहयोग गर्ने बताएका थिए ।
कार्यक्रमा उपस्थित सम्पुर्ण लाई हार्दिक धन्यवाद दिदै खेलमा बिजेताहुने सम्पुर्ण टिमलाई बधाई तथा आगामी दिनकोलागी शुभकामना दिदै कार्यक्रम्को समापन गरेकि थिईन ।

भलीबल खेलको बिच बिचमा संस्कृती कार्यक्रम पनी प्रदर्सन गरीएको थियो । सस्थाका उपाध्यक्ष माया रानाको स्वगत बाट शुरु भएको कार्यक्रम थियो भने सचिब श्रीधन कवरले सहजिकरण गरेका थिए ।


प्रकाशित : २०८१ वैशाख २ गते २३:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology