सुनादेवि युवा क्लब तथा जुनतारा बाल क्लब पूर्वखाेला ४ देविनगर तल्लो लेमधेमको २४ औं वार्षिकोत्सब सम्पन्न

भुवन सिंजालि
प्रकाशित : २०८१ वैशाख ७ गते २०:२८

सुनादेवि युवा क्लब तथा जुनतारा बाल क्लब पूर्वखाेला गाउउपालिका वडा नम्बर ४ देविनगर तल्लो लेमधेमले २४ औं  वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।

बैशाख ३ गतेदेखि ६ गतेसम्म ४ दिन विभिन्न कार्यक्रमहरु गरेको थियो ।
खुल्ला महिला भलिबल प्रतियोगितामा रम्भा गाउपालिका २ झाेकेडि प्रथम , अायाेजक सुनादेवि युवा क्लब दिर्तिय , देविनगर चिर्टुङ तृतीय भए ।
टाेल स्तरीय पुरुष भलिबल प्रतियोगितामा रम्भा गाउपालिका २ बाेराेङसे प्रथम , अायाेजक सुनादेवि युवा क्लब दिर्तिय , रम्भा ५ फुरुङ्दि तृतीय भए । भलिबल प्रतियोगितामा महिला तर्फ विजेताहरुलाइ क्रमस नगद रु १२,०००/ ८,०००/ ६,०००/ मेडल प्रमाणपत्र पुरुष तर्फ क्रमस नगद रु ४०,०००/ २५,०००/ १५,०००/ मेडल प्रमाणपत्र पुरुस्कार कार्यक्रमका प्रमुख अतिथि देविनगर वडाका सदस्य भुवन सिंजालिले प्रदान गर्नु भयो ।

जुनतारा बाल क्लबले यश शैक्षिक सत्रकाे वार्षिक परिक्षामा कक्षा प्रथम दिर्तिय तृतीय हुने विद्यार्थीलाई पुरुस्कार वितरण असाय गरिब बालबालिकालाई छात्रवृत्ति वितरण कक्षा १२ काे परिक्षामा सर्वउकृष्ट अंक ल्याउने विमला कवरलाइ सम्मानपत्रबाट सम्मान गरेको थियो ।

कार्यक्रमलाई सफल बनाउन अार्थिक सहयोग गर्ने २८ जनालाई सहयोगी दाताहरुलाइ सम्मानपत्रबाट सम्मान सुनादेवि युवा क्लबका पुर्व सचिव जुनतारा बाल क्लबका जन्मदाता शिव थापा हाल जिल्ला न्यायाधीश हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

कार्यक्रमहरु दिउसाेमा अति गर्मि हुने हुदा रातकाे १०/ ११ बजे सम्म संचालन गर्नु परेको खेलकुद संयाेजक खुम बारघरेले घबताए ।उत्कृष्ट खेलाडी बाेराेङसेका याम बहादुर गाहाले लाइटकाे राम्रो व्यवस्था गरेको हुदा भलिबल दिउँसोमा भन्दा रातमा खेल्न धेरै राम्रो भएको बताउनुभयो ।।

जुनतारा बाल क्लबका अध्यक्ष टिकुमाया बारघरेले क्लबले प्रत्येक वर्ष यहि मितिमा कार्यक्रम संचालन गर्दै अाएकाे र हाल बाल क्लबको २ लाख ५० हजार भन्दा धेरै पैसा बचत रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि देविनगर वडाका सदस्य भुवन सिंजालिले यस्तो कार्यक्रमबाट शारीरिक मानसिक विकास हुनुका साथै एकता अात्मियता बढ्ने अाफु हिज बाल क्लबको अध्यक्ष भएर काम गर्दा अहिले जनप्रतिनिधि हुन ठुलो सहयोग पुगेको र सबै बालबालिकाकाे अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम जुनतारा बाल क्लबका अध्यक्ष टिकुमाया बारघरेेकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ वैशाख ७ गते २०:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology