गाउँ बाल संरक्षण समिति जल्पाले , बाल मन्चको लागी आयोजना गरेको तालिम सम्पन्न

माया राना
प्रकाशित : २०८१ वैशाख ९ गते ८:४०

पूर्वखोला गांउपालिका वडा न २ जल्पामा , बाल क्लबहरुको लागी आयोजना गरेको १ दिने बाल अधिकार, नेतृत्व शिप बिकास सम्बन्धि तालिम सकिएको छ ।

बाल बिकास बाल मन्च जल्पाका २२ जना बाल बालिका र सरोकारवालाहरु गरी ३० जनाको सहभागिता रहेको थियो।सहभागिहरुले बाल आधिकार के हो, बाल अधिकार महासन्धी, बाल क्लब के हो, पदाधिकारीहरुको काम कर्तब्य र अधिकार, बैठक परिचालनका चरणहरु, माइन्युट लेखनशैली , नेतृत्वमा मा हुनु पर्ने गुण र अबगुणको बारेमा माया राना र दिपक न्यौपानेले सहजिकरण गरेका थिए भने जल्पा स्वस्थ चौकी प्रमुख पदम दर्लामीले किशोरी शिक्षा अन्तर्गत दैनिक जिबनमा प्रभाब पार्ने स्वस्थका बारेमा सहजिकरण गर्नु भएको थियो। आयोजक सस्थाका सयोजक चित्र बाहादुर कवरले स्थानिय सरकारको रोहबरमा यो समिती गठन भए पछि बालबालिका को क्षेत्रमा बिभिन्न कार्यक्रमहरुमा सहजिकरण गर्दै आएको र हामी सरोकारवालाहरु सधै बाल्बालिकाको साथमा छौ भन्नु भयो। सहभागी बाल्बालिकाहरुले आ आफ्नो टोलका क्लवमा गएर आफुले सिकेका कुरा सिकाउने प्रतिबद्दता गरे । जल्पा गाउं सम्बर्दन समितीका श्री धन कवरको सन्चालन र चित्र बाहादुर कवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८१ वैशाख ९ गते ८:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology