लामखुट्टे बढ्ने सिजन सुरु, औलो बिरामी भेटिय पछि, पूर्वखोला ३ मा २५०० थान झुल बितरण

Kandara News
प्रकाशित : २०८१ वैशाख १५ गते १५:३९

पूर्वखोला गाउँपालिका वडा नं ३ मा औलो संक्रमण रोक्नका लागि झुल वितरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) र सेभ द चिल्ड्रेनको सहयोगमा पालिकाले वडा नं ३ मा मात्रै  दुई  हजार पाँच सय  थान झुल वितरण गर्न थालेको हो ।असोज ५ मा परीक्षण गर्दा पालिका ३ का यक ब्यक्ति लाइ औलो देखिएको थियो । यो औलो स्थानीय हो । नेपालमा २०८०/८१ मा कुल ५७४ जनामा औलो देखियो । त्यसमा ५५६ जनामा देखिएको परजिवी आयातित हो बाँकी १८ जनामा स्थानीय परिजिवी भेटिएको थियो ।

त्यहि १८ मध्येको एउटा केश पूर्वखोला वडा नं ३ मा देखियो,’ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भने । उनले लामखुट्टे बढ्ने सिजन सुरु भएकोले इडिसिडी र सेभ द चिल्ड्रेनको सहयोगमा झुल वितरण थालिएको बताए । आज र भोली झुल वितरण हुन्छ । ‘उमेर र अवस्था अनुसार एउटा परिवारमा कति झुल वितरण गर्ने भन्ने मापदण्ड तयार छ, त्यसैको आधारमा वितरण भइरहेको छ,’ उनले भने ।

स्थानीय बासिन्दालाई आज पहिलो दिन गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले झुल वितरण शुभारम्भ गरेकी थिईन ।
सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त राष्ट्र बनाउने रणनीति अघि सारेको छ । तर, केशहरु झन् झन् बढ्ने क्रममा देखिएको छ । पछिल्लो चार वर्षमा औलो संक्रमितको संख्या बढ्दो क्रममा भएको इडिसिडीका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् ।

यता जिल्लामा चालु आर्थिक वर्षमा ६ जना औलो बिरामी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा राजेन्द्र गिरीका अनुसार तानसेन नगरपालिकामा १ जना, रामपुर नगरपालिकामा २ जना, माथागढी गाउँपालिकामा २ जना आयातित औलोका बिरामी हुन भने पूर्वखोला गाउँपालिकामा १ जना स्थानीय औलो बिरामी हुन् ।

त्यसो चालु आर्थिक वर्षमा सबैभन्दा बढी औलोका बिरामी लुम्बिनी प्रदेशमा भेटिएको छ । चालु आर्थिक बर्षमा यो प्रदेशमा कुल २३३ जनामा औलो भेटिएको हो ।


प्रकाशित : २०८१ वैशाख १५ गते १५:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology