वरिष्ठ लोक तथा दोहोरी गाएक पशुपती शर्मा सहित दुई कलाकार कतारमा

Kandara News
प्रकाशित : २०८१ वैशाख १९ गते २१:४६

“फुलबारी रेष्टुरेन्टको चाहाना कला र संस्कृतीको जगर्ना”भन्ने मुला नारा सहित मानव सेवा आश्रम सहयोगार्थ फुलबारी रेष्टुरेन्ट कतार द्वारा आयोजित फुलबारी साँस्कृतिक कार्यक्रम २०२४ मा आफ्नो सांगितिक प्रस्तुती दिन वरिष्ठ लोक तथा दोहोरी गाएक पशुपति शर्मा सहित मोडल तथा नित्याङ्गना करिष्मा ढकाल र सबिता भुसाल कतार आएका छन ।

उनिहरु १ माई २०२४ कादिन बिहान करिव ६ नेपाल एअरलाईन्स मार्फत कतारको हमाद इन्टरनेसनल एअरपोर्टमा ल्याण्ड गरेका थिए । स्वागतका लागि फुलबारी रेष्टुरेन्टका संचालक श्याम पौडेल सहित कार्यक्रम संयोजक रोशन अर्याल र लोकदोहोरी प्रतिष्ठान कतार शाखा अध्यक्ष शिवराम ढकाल एअरपोर्ट पुगेका थिए ।

कार्यक्रमका लागि कतारमा स्थापित सम्पुर्ण संघसंस्थाहरु,ब्यावसायी,बुद्धिजीवी,समाजसेवी,
कलाकार तथा पत्रकारहरुलाई आधिकारिक पत्र समेत पठाई सकेको रेष्टुरेन्टका संचालक पौडेलले कन्दरा न्युज डटकमलाई जानकारी गराएका छन । पौडेलले भनेका छन यदि कसैले पत्र नपाएको खण्डमा यहि सुचनालाई आधारमानी उपस्थित भैदिनुहुनकोलाई अनुरोध पनि गरेका छन । उनका अनुसार कार्यक्रममा आउनेलाई चिया,नास्ता सहित खानाको पनि ब्यावस्था रहेको र टाढा बाट आउनेहरुका लागि याता यातको पनि ब्यावस्था रहेको छ ।

गाएक शर्माको फ्यान कतारमा सोछे भन्दा धेरै भएको र ब्यावस्थापनमा समस्या आउने देखिएपछि कार्यक्रमलाई दुई चरणमा बिभाजित गरि गरिने भएको र पहिलो शो दिउँसो दुई बजे देखि ६ बजे सम्म चल्ने छ भने दोश्रो शो राती ७ बजे सुरु हुने छ भने १० बजे सकिने कार्यक्रमका संयोजक रोशन अर्याल ले जानकारी गराएका छन ।

कार्यक्रममा कतारमा रहेका स्थानिय कलाकार ,रुस्तम तामाङ,सुरेस बिसि,निरु श्रेष्ठ ,सिम्रन श्रेष्ठ,रेस्मी बिश्वोकर्मा,शिवराम ढकाल,गुना मगर”निसु”,सन्देश सोनि,सुमित्रा भट्टराई,गोविन्द कट्वला र रितु श्रेष्ठसहित अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुत रहने छ ।

अन्य जानकारिको लागि
स्याम पौडेल 33197525
रोशम अर्याल 70665644


प्रकाशित : २०८१ वैशाख १९ गते २१:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology