नेपाली जनप्रगतिशील मञ्च कतार ले श्रमिक सङ्गै मनायो १३५औ अन्तरास्ट्रिय श्रमिक दिवस

Kandara News
प्रकाशित : २०८१ वैशाख २२ गते १७:४३

बिकाश गैरे/दोहा-कतार
“संसारका मजदुर एक होउ ” भन्ने मुल नाराका साथ २००७ सालमा स्थापना भई नितान्त श्रमजिबी बर्गको मुद्दालाई प्रमुख एजिण्डा बनाई निरन्तर काम कर्तव्य गरदै आएको नेपाली जनप्रगतिशील मञ्च कतारले ३ मै २०२४ कादिन प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टमा भव्यताकासथ १३५औ अन्तरास्ट्रिय श्रमिक दिवस मनाएको छ ।

कार्यक्रम मञ्चका कार्यवाहक अध्यक्ष प्रकाश आले मगरको अध्यक्षतामा र नेकपा माओवादी केन्द्र प्रवास संगठनका सदस्य तथा पश्चिम एसिया संयोजक शनीकुमार ओलिको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । मञ्चको उपाध्यक्ष बिकास गैर कार्यक्रमको संयोजक रहेका थिए ।
कार्यक्रम आन्तरिक भएका कारण नितान्त श्रमिकहरुसङ्गै मनाईएको थियो भने ।

कार्यक्रममा प्रावास समितिका सदस्य,पश्चिम एसिया सल्लाहकार,पश्चिम एसिया सदस्य,राष्ट्रिय समिती सल्लाहकार,पदाधिकारी,कार्यसमिति सदय तथा सयौको संख्यामा श्रमिकहरुको उपस्थिति रहेको थियो ।
अतिथिहरुको आसनग्रहण पश्चात् नेपाली राष्ट्रिय गान पछि नेपाल स्थापित गर्नको निम्ति विभिन्न काल खन्डमा साहदत प्रप्त गर्नुहुने महान शहिदहरु प्रती एक मिनेट मौन धारण गरि सहितहरु प्रती श्रद्धाञ्जली अर्पण गरि प्रमुख अतिथी,सभा अध्यक्ष तथा श्रमिकहरुको तर्फबाट शेरबहादुर रोकाले मैन बत्ति बारेले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका संयोजक गैरेले कार्यक्रमको बारेमा जानकारी गराउदै कतारमा भईरहेको बिद्यामान श्रमिकहरुको समस्याका वारे र समाधानका पहल सङ्गै संबन्धित निकाए सङ्ग को पहलकदमिमा संगठनले गरेको समन्वय र सहजीकरणको चर्चा समेत गरेका थिए ।

नेकपा माके प्रवास समन्वय समितिका सदस्य तथा नेपाली जनप्रगतिशील मञ्च पश्चिम सल्लाहकार श्रीकृष्ण भट्टराईले चाहे नेपालमा होस या बिदेशमा होस गरिव, निमुखा, दलित,महिला, जनजाती, मुस्लिम,श्रमजीवी वर्ग तथा सम्पुर्ण सिमान्तकृत वर्गको हकहितको निम्ति लड्ने भनेको नै नेकपा माओवादी केन्द्र रहेको र अरुकुनै पनि संगठन नरहेको ठोकुवा गरका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पश्चिम एसिया संयोजक ओलीले १७औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेको बताएका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर श्रमिक दिवस मनाउने गरेको बताएका छन ।


१८८६ मे १ मा अमेरिकाको शिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर श्रमिक दिवस मनाउने गरेको उनको भनाई छ ।तर अहिले योदिवसलाई केही श्रमिक संगठनहरुले बिदेशी डलर पचाउनको लागि श्रमिकहरुका लागि देखाओटी कार्यक्रम गरि भ्रम फैलाएको पनि उनले बताएका छन । नेकपाली जनप्रगतिशील मञ्च कतार नितान्त श्रमिकहरुको संगठन रहेको बताउदै सम्पुर्ण श्रमिकहरुलाई जोडिनको लागि पनि अनुरोगर्दै १३५औ श्रमिक दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष सरिता भण्डारिले गरेको थिईन भने महासचिव योगेन्द्र प्रसाद लो तामाङले गरेका थिए ।

स्वागत मन्तव्य राख्ने क्रममै भण्डारिले कतरको बदलिँदो मौसमले मानवको शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने भएकोले आवस्यकता अनुसारको पानी खानुका सथै स्वास्थय मा बिशेष ध्यान दिन पनि आग्रह गरेकी थिईन ।

मञ्चका उपाध्यक्ष(कार्यवाहक अध्यक्ष) तथा कार्यक्रम का अध्यक्ष प्रकाश आले मगर्ले यो छोटो समयमा पनि उत्साहजनक सहभागिताको लागि सम्पुर्ण लाई धन्यवाद ज्ञयापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।





प्रकाशित : २०८१ वैशाख २२ गते १७:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology