पूर्वखोला गाउँपालिकाको चार वटा वडामा रेडक्रस तथा रक्त सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कृष्ण पंगेनी
प्रकाशित : २०८१ वैशाख ३१ गते १०:४८

पूर्वखोला गाउँपालिकाको वडा नम्बर ३ रिङ्नेरह, वडा नं २ जल्पा, वडा नम्बर ५ बिरकोट, र वडा नम्बर ४ देवीनगर मा पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवाको आयोजनामा रेडक्रस तथा रक्त सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सोसाइटी जिल्ला शाखा पाल्पा का सभापति श्री बाबुराम कार्की, नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला का अधिकृत विनोद भारती, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका सदस्य हरिप्रसाद न्यौपाने नेपाल रेड क्रस सोसाइटी उपशाखा सिलुवाका सभापति बालकृष्ण पंगेनी ले सहजीकरण गर्नुभएको थियो। रेडक्रसको स्थापना गर्नुका कारणहरू, यसका कार्यक्षेत्र हरू, सिद्धान्तहरू लगायत रेडक्रसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
रक्त सञ्चार रगत र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले सञ्चालन गर्न लागेको रक्त सञ्चार केन्द्र स्थापना को लागि हरेक तह र तप्काबाट सहयोगको अपेक्षा गरिएको छ। उक्त कार्यक्रम मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष श्री नुनबहादुर थापा ले आफ्नो तवरबाट सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो। साथै उहाँले रक्त सञ्चार केन्द्र स्थापना तथा नेपाल रेड क्रस सोसाइटीको विशिष्ट सदस्यता को लागि आग्रह गर्नुभएको थियो।

ad

कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई, पूर्वखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा नं २ का अध्यक्ष नीरबहादुर सारु, वडा नम्बर ४ का अध्यक्ष मेहर सिंह थापा, वडा नम्बर ५ का अध्यक्ष विष्णु कुमार पल्ली लगायत कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक हरु, युवा रेडक्रस सर्कल, जुनियर रेडकर सर्कल, टोल संयोजक, महिला स्वास्थ्य स्वयंसेविका लगायतका बुद्धिजीवी समाजसेवी को उपस्थित रहेको थियो। सबै अतिथिहरू ले आफ्नो तवरबाट सक्दो सहयोग गर्ने वचन गर्नुभएको थियो।
चार दिन चार वटा वडामा भएको कार्यक्रममा पूर्वखोला गाउँपालिका भित्रका करिब ३०० जना सहभागी रहनुभएको थियो।
सम्पूर्ण कार्यक्रममा पाल्पा जिल्लामा रक्तसञ्चार केन्द्र स्थापनाका लागि तथा नेपाल रेड क्रस सोसाइटीको विशिष्ट सदस्यका लागि १५ जना व्यक्तिहरूले विशिष्ट सदस्यता घोषणा गर्नुभएको छ। साथै करिब ५० जना जति साधारण सदस्य घोषणा गर्नुभएको छ। सम्पूर्ण कार्यक्रम नेपाल रेड क्रस सोसाइटी उपशाखा सिलुवाका सभापति बालकृष्ण पंगेनीको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवाका सचिव कृष्णप्रसाद पंगेनीको सञ्चालनमा सम्पन्न भएको थियो।


प्रकाशित : २०८१ वैशाख ३१ गते १०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology