पाल्पाकाे निस्दीमा बलेराे जिप दुर्घटना

Kandara News
प्रकाशित : २०८१ जेठ २ गते १९:४८

पाल्पाकाे निस्दीमा बलेराे जिप दुर्घटना भएकाे छ ।
आज दिउँसो अन्दाजी ३:४५ बजेको समयमा जिल्ला पाल्पा निस्दि गा.पा.४ मतियारडाँडा स्थित भित्रि कच्चि सडक खण्डमा नवलपुरको  अरुणखोलाबाट जिल्ला पाल्पा निस्दि गा.पा.३ खादर तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरकाे डबल क्याप पिक अप जिप दुर्घटना भएको हो।
दुर्घटना को जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रुक्सेभन्ज्याङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली खटिगई बुझ्दा गाडीमा चालक सहित १४ जना सवार रहेकोमा सबै घाईतेलाई उपचारको लागी नवलपुरतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

थप बिवरण आउन बाकी ।


प्रकाशित : २०८१ जेठ २ गते १९:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology