जल्पा स्वास्थ्य चौकीमा अभिमुखिकरण कर्यक्रम सम्पन्न

माया राना
प्रकाशित : २०८१ जेठ २ गते २०:४८

पूर्वखोला गाउपालिका वडा न २ जल्पाको स्वस्थ चौकीमा किशोर किशोरी मैत्री स्वस्थसेवासम्बन्धी १ दिने अभिमुखिकरण तथा सस्था स्व मुल्यंकन कार्यक्रम सकिएको छ।
स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले सहजिकरण गर्दै, किशोर किशोरी स्वस्थसेवाका मापडण्ड, बिशेषताहरु, नेपालको नितिगत ब्यबस्था अनुसार किशोर किशोरीले पाउनु पर्ने आधारभुत स्वस्थ सेवा, प्रथमिकताका आधारहरु, लक्षित सेवा प्रबाहका क्षेत्र, किशोरी अबस्थामा देखा पर्ने चासो, चिन्ता, समस्या र आबश्यकताको बारेमा जान्कारी गराउनुभयो ।

कार्यक्रममा स्वस्थकर्मी, सस्था सन्चालन र ब्यबस्थापन समिती, बिद्यालयका शिक्षक प्रतिनिधि , प्रजनन स्वस्थ समिती, किशोर किशोरीहरुको सहभागिता रहेको थियो।
त्यस्तै गरी भौतिक, प्रशासनिक र सेवा क्षेत्रलाई आधार मानी सस्थाको स्व मुल्याकन गर्दा जल्पा स्वास्थ्य चौकीले ६४: ४४ अंक प्राप्त गरेको थियो । हरेक ६/६ महिनामा सस्थाको स्व मुल्यंकन गर्नु पर्ने र ८०% लक्ष्य पुरा गर्नु पर्ने स्वास्थ्य शाखा प्रमुखको सुझाब थियो।
यसै अवसरमा जल्पा स्वास्थ्य चौकी प्रमुख पदम थापा दर्लामीले आई पि भि खोप अभियानको बारेमा जान्कारी दिदै यही चैत्र २१ देखि २५ गते सन्चालन हुने खोप अभियानमा , जल्पाको स्वस्थसस्था सहित ५ वटा बिध्यलयमा , कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने , ५ देखी ७ बर्ष उमेर समुहका ८४ जना बाल्बालिकालाई यो खोप लगाइने छ। पोलियो रोग बिरुद्द लगाइने यो खोपको , मुखबाट खुवाइने नभाई मासुमा लगाइने, खोपको फाइदा, प्रतिअसरको बारेमा समेत सस्था प्रमुखले जानकारी दिनु भयो।
लक्षित समुह नछुटाउनको लागी सहयोग गर्न समेत अनुरोध गर्नु भयो। कार्यक्रम पूर्वखोला जल्पाका अध्यक्ष निर बाहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको हो।


प्रकाशित : २०८१ जेठ २ गते २०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology