पाल्पाको निस्दिमा जिप दुर्घटना दुई जनाको मृत्यु

Kandara News
प्रकाशित : २०८१ जेठ ३ गते ०:१५

नवलपुर  जिल्लाको अरुणखोलाबाट जिल्ला पाल्पा निस्दि गा.पा.३ खादर तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरकाे डबल क्याप पिक अप जिप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परेर निस्दी गाउँपालिका वडा नं ४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमईको मृत्यु भएको हो ।

घाईतेहरुमा पाल्पा निस्दी गाउँपालिका वडा नं ४ का धामिसरा सुनारी, माया खङगा, नुरेस खाम्चा, ईसानि गाहा, सहिरा गाहा, दरिमा मश्राङ्गी, हिरा खङगा, बनि सुनारी,सुर बहादुर सोमाई, कुसुम सारु थापा, मनिका सारु, हेमसरी घर्ती, खुमबहादुर सोति रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
घाईते मध्ये धमिसरा सुनारी र कुसुम सारु थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने दुर्घटनामा घाईते मध्ये दुई जना नाबालक समेत रहेका छ्न । घाईतेहरुको नवलपुरमा उपचार भैरहेको पाल्पा प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : २०८१ जेठ ३ गते ०:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology