समयअनुसार खेत बारीमा हाते टेक्टर,लोपहुदै हल गोरु हलो जुवा

माधब पाण्डे
प्रकाशित : २०८१ जेठ ३ गते १०:३६

 

कृषिप्रधान देश नेपाल, अहिले नेपाल अधिराज्य भरी
मनसुन सक्रिय भए सगै खेतबारीमा मकै छर्न सुरु भएको छ। त्यसै गरि पूर्वखोला गाउँपालिकाका किसान हरुले पनि लगभग ७०प्रतिशत मकै छरीसकेका छन। समय साथै प्रविधि संङ अगाडि बढिरहेको किसानको खेत बारीमा पहिल हल गरुले जोत्ने साथै वरीम परिम हुने अहिले किसानको खेत बारीमा हातेटेक्टरले जोत्न थालेको देखिन्छ।
टेक्टरले जोत्दा कम जेला साथै सहज भए पनि गाउ घर बाट हल गोरु दाउने साथै हलो जुवा हराउने भयो भन्दै जल्पाका किसान राम बहादुर नेपाली चिन्ता भएको बताउनु भयो । टेक्टरले सहज र सुलभ भए पनि हलगोरुले जोते जस्तो नभएको साथै हलगोरु दाउन हलो जुवा बनाउन समेत लोप हुदै गएको राम बहादुर नेपाली बताउनु हुन्छ।

हलगोरु, हलो जुवा लोप हुन नदिन स्थानीय सरकारले नयाँ प्रविधि सगै हलो जुवालाई पनि प्राथमिक दिनु पर्ने समाज सेवि भिम जर्घाले बताउनु भयो ।

अहिले खेतवारीमा गरुले जोत्ने कहि कतै देख्न पाउने साथै टेक्टरले जोते सगै हल गोरु जोगाउन सके पुर्खाको सिपलाई सम्मान गर्न सकिन्छ यसलाई जोगाउन स्थानीय सरकारको महत्त्वपूर्ण भुमिका रहनु पर्छ।


प्रकाशित : २०८१ जेठ ३ गते १०:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology