जल्पाको मैदानमा एकै दिन ५ लाख बढीको खसी बोका बिक्रि

माया राना
प्रकाशित : २०८१ जेठ ३ गते १५:४३

पूर्वखोला गाउँपालिका वडा न २ जल्पाको मैदान गाउंबाट एकै दिन ५ लाख, २६ हजार, ७० रुपियांको खसीबोका बेचेका छन। जागर, परीश्रम र मिहिनेत पछि फलको स्वाद , आर्थिक उपार्जनको बिकल्प बिदेश मात्र होइन भन्ने उदाहरण बनेका छन मैदानका कृषकहरु यतीबेला।
लुम्बिनि प्रदेश, पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखी ३७ किलोमिटर दक्षिण पूर्वमा पूर्वखोला गाउपालिकाको जल्पा वडा पर्छ्। जल्पा बजार देखी ढोलिमारा गाउं, लाकुरी भिर, मैदान भंन्ज्यङ पार गरे पछी जल्पाको मैदान गाउं पुग्न सकिन्छ।

यो गाउंमा मगरजातीको मात्र ७५ घर धुरी बसोबास गर्छन्। खेती योग्य जमिन निकै कम छ, बर्षदिन काम गरेर ६ महिना खान नपुग्नेको संख्य धेरै छ, एक आधारभुत बिद्यालय , सामुहिक कबुलियति बनमा अ्लिसो खेती , आधुनिक बाख्रा पालनमा कृषी स्मार्ट गाउं , यो मैदान गाउंको बिशेषता र चिनारी हुन्।
जहां जे सम्भब छ,
निम्न स्तरको समुदाय आर्थिक रुपले उकास्नको लागी , वातावरण र प्रकृतिय बरदान जे छ, त्यसैलाई प्रोत्साहन, हौसला, उत्प्रेरणा , उर्जा थप्नु बिग्यहरुको सुझाब सल्लाह अनुशरण गर्नु अहिले समयको माग हो। याहाको हावापानी , चरण क्षेत्र नजिक भएको कारण बाख्रा पालनको लागि उपयुक्त देखियो। बि. स. २०७१ सालमा हेफर इन्टर नेश्नलको सहयोगमा शिर्जनशिल महिला समुह गठन गरीएको थियो। यहि समुहबाट बिस्तार हुदै पशु स्वस्थकार्यलय पाल्पाबाट बाख्रा मिशन कार्यक्रम आन्तर्गत ५०% अनुदानमा खोरसुधार योजना , घासको बिरुवा अनुदान दिए , त्यस्तै गरी बाख्रा पालनको लागी आबश्यक पुर्वाधारहरु , प्राबिधिक सहयोगहरु , प्रदेश सरकार, स्थानिय गाउंपालिका , वडा कार्यलयले बिशेष निगरानी सहयोग गरेको छ्।
बर्तमान अबस्था
मैदान गाउंमा अहिले ५० घरले ब्यबस्थित बाख्रा पालन गर्छन, पहिला स साना ४/५ वता बाख्रा, गाई, भैसि, कुखुरा , बंगुर सबै तर अब्याबस्थित पालिन्थ्यो, आजभोली भने ब्यबस्थित खोरमा कम्तीमा ३० र बढीमा ६० वता सम्म बाख्रा पाल्छन्। दशै तिहारको सिजनमा १० लाख सम्मको बिकृ गरेका रहेछन, यही बैशाख ३१ गते एकै दिन ३६ वटा खसी बोका बेच्दा ३० देखि ५६ किलो सम्मका थिए। एउटै खसीलाई ३० हजार सम्म मुल्य परेको शुभ शन्देश कृषी सहकारीका अद्द्क्ष्य चन्द्री सरा रखालले सुनाउनु भयो। यो सस्थाले नाप, तौल, खरिद बिक्रि, बजारीकरण बयाब्स्थापमा सहजिकरण गर्दै आएको समेत जान्कारी दिनु भयो। सरदर एक बर्षमा २० लाखको आम्दानी गांउमा आउने अनुमान गर्न सकिन्छ्। प्रदेश सरकार, स्थानिय गाउपालिका , सहयोगी सबै सरोकारवाला निकायले , पशु र कृषि स्मार्ट गाउँ मैदान, घोषणा गरीसकेको छ्। लाग्छ पक्कै निम्न स्तरको जिबन उकास्नको लागी यो योजना निक्कै प्रभाबकारी देखिन्छ्।कृषकहरुको पसिना र श्रमको समिश्रणको अर्को रुप मुस्कान हो।मुस्कानको मुल्य कहिले घट्ने छैन, मिहेनेती र परीश्रमी कृषकहरुलाई उर्जा दिने सम्बन्धित निकायको अभाब भोग्न पर्ने छैन, घरखर्च चलाउन, बालबच्चाको पढाई खर्च , औसधी खर्च परेको बेला पैसा खोज्दै हिड्नु नपरेको कृषकहरु बताउछन।


प्रकाशित : २०८१ जेठ ३ गते १५:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology