पूर्बखोला गाउँपालीकाले गर्यो छ ओटै वडाको कित्ताकाट

Kandara News
प्रकाशित : २०८१ जेठ ३ गते २२:४१

पूर्वखोला गाउँपालिकाले जग्गा किनबेच गर्नसक्ने गरि दस क्षेत्रमा वर्गीकरण गरि कित्तागत विवरण मालपोत र नापी कार्यालयमा पठाएको छ ।

पालीका भित्रका सबै वडाको जग्गालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भू-उपयोग ऐन, २०७६ र भू-उपयोग नियमावली, २०७९ अनुसार १० वटा क्षेत्रमा वर्गीकरण गरि तयार गरिएको कित्तागत विवरण पठाएको सुचना अधिकारी मोहन ढकालले कन्दरा न्युज डटकमलाई जानकारी गराएका हुन ।

ढकालका अनुसार गाउँ कार्यपालिकाको मिति २०८१/०१/२५ को बैठकको निणय अनुसार १/१ थान मालपोत कार्यालय तानसेन, नापी कार्यालय तानसेन, मालपोत कार्यालय रामपुर, नापी कार्यालय रामपुरमा पाठाईसकेको छ । आफ्नो हकभोगको जग्गा किनबेच गर्न सकिने व्यहोरा पनि जानकारी गराएकाछन ।

पूर्वखोला गाउँपालिकाको जारी विवरण
भू उपयोग क्षेत्र वर्गीकरण
भू उपयोग ऐन २०७६ को दफा ४ र भू उपयोग नियमावली २०७९ को दफा ५ (१) बमोजिम नियम ४ र ५ अनुसार भूमिको मौजुदा अवस्था, उपयुक्तता र स्थानीयको आवश्यकताका आधारमा १० वाट क्षेत्रमा वर्गीकरण गरिउको छ । ६ वाटै वडाको कित्ताकाट खुलाएको ।
भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि तयार गरिएको मापदण्ड २०८०/०८१ तायर गरी सोह बमोजिम कित्तागत विवरण निकाली वर्गीकरण गरिएको
वडाहरु – १). सिलुवा २). जल्पा ३). रिड्नेरह ४). देवीनगर ५). विरकोट ६). हेक्लाङ्ङ्ग (सिलुवाको कार्य क्षेत्र रामपुर) बाँकी वडाको तानसेन स्थानीय भूउपयोग परिषदको सिफारिस अनुसार १५४ कार्यापालिका वाट स्वीकृत गरी
जम्मा क्षेत्रफल १३८.०२ वर्ग कि. मि
१ आवासीय क्षेत्र,कृषि क्षेत्र,व्यवसायिक क्षेत्र
औद्योगिक क्षेत्र,खान तथा खान क्षेत्र,वन क्षेत्र,नदी,खोला ताल सीमसार क्षेत्र,सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र,नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका छैन ।
भू. उपयोग योजाना र भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्डका आधारहरुः-
क) भूमिको मौजुदा अवस्था, उपयुक्तता र स्थानीयको आवश्यकताका आधारमा ख) नापी विभागले पठाएको भू उपयोग क्षेत्र र अन्य तथ्याङ्क
ग) सडक बाटोको पहुच र सो को वर्गीकरण
घ) कृषि उत्पादन र उत्पादकत्वको अबस्था
ङ) वातावरण तथा बिपद संवेदनशीलता
च) भू उपयोग ऐन २०७६
छ) भू उपयोग नियमावली २०७९
ज) गुगल स्याटेलाइट छविहरू
झ) GIS विश्लेषण
ञ) वडा वाट आएको राय सुझाव र निर्णयहरु
दश वाट क्षेत्रको कित्तागत विवरण निकाली वर्गीकरण कित्ताकाट खुलाएको मिति २०८१/०२/०१
१.नापी कार्यालय तानसेन रामपुर
२. मालपोत तानसेन रामपुर
अध्यक्ष नुन बहादुर थापा
प्रमुख प्रशाकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ
अमीन अनम चौधरी


प्रकाशित : २०८१ जेठ ३ गते २२:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology