आई .पि . भी . खोप अभियान २०८१ स्थानिय तहमा खोपदिने स्वास्थ्यकर्मी र बिधालयको प्रतिनिधिको अभिमुखीकरण १ दिने गोष्ठी सम्पन्न भएको छ पूर्वखोला गाउँ पालिकाको सभाहलमा पोलियो रोग पोलियो भाइलाशइटिस , यसको प्रकार , यसको उपचार र यस बाट बच्ने उपाय अो.पि.भी.खोपको प्रयोग ,प्रकृतिक भाईरसबाट संक्रमणको अबस्था ,उनमुलनको अबस्था ,रोग बिरुद्व खोप ,यश समबन्धी कति ? कसरी ?कहाँ ?कस्लाई खोप पछि हुन सक्ने प्रतिकुल असर आदि बारे यश कार्यक्रमका फोक्लप्रशन तथा कुष्ठरोग बिषसज्ञ पाल्पाका बिश्वनाथ न्योपाने ले सहजीकरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बिधालयमा अध्यानरत बालबालिकाको १ जनाको तथ्यांक बिग्रने बित्तिकै देशलाई नै नोक्सान हुन्छ । हरेक क्षेत्रमा सामाज परिवर्तन र प्रतिष्ठा बढाउन र जोगाउन शिक्षकको ठूलो भुमिका हुने भएकोले अफ्नो प्रतिष्ठा संग संगै आफ्नो परिवार , छिमेकी ,समाज हुँदै राज्यको नै इज्जत रहने कुरा गर्नुभयो । कार्यक्रममा पूर्बखोला गाउँ पालिकाका प्रशाशकिय अधिकृत सुन्द्र श्रेष्ठ , उपाध्यक्ष भागीरथी भट्टराई , वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई शिक्षा संयोजक लोकहरी देपकोटा , लगायत अन्य अतिथिहरुले शुभकामना राख्नु भयो । यश गाउँ पालिकामा रहेका ३८बिधालयका ३८जना शिक्षिकाहरु र ११ वटा स्वास्थ संस्थाका २,२ जना स्वास्थ्यकर्मी सहभागी रहेको कार्यक्रममा सहभागीमध्येबाट जनमार्ग माध्यमिक बिधालयका शिक्षिका शान्ति श्रेष्ठले आफ्नो कुरा राख्नु भयो । कार्यक्रम स्वास्थ्य संयोजक मोहन ढकालको संचालन र स्वास्थ्य कार्यलय पाल्पाका बरिस्ठ अधिकृत कुल प्रसाद अधिकारी को अध्यक्षतामा चलेको हो ।![](https://www.kandaranews.com/wp-content/uploads/2024/05/received_462727423102514-600x292.jpeg)
![](https://www.kandaranews.com/wp-content/uploads/2024/05/received_775897410988364-600x292.jpeg)
![](https://www.kandaranews.com/wp-content/uploads/2024/05/received_7706461026080143-600x292.jpeg)
![](https://www.kandaranews.com/wp-content/uploads/2024/05/received_810990717638770-600x292.jpeg)
प्रकाशित : २०८१ जेठ ११ गते ९:०६
Facebook Comment