कतारमा मनाइयो भब्यताका साथ २५६८ औं बुद्ध जयन्ती

कन्दरा सम्बादाता
प्रकाशित : २०८१ जेठ १२ गते ११:३६

बिकाश गैरे/दोहा-कतार

२५ मेइ २०२४ सुक्रवारका दिन कतारमा स्थापित ९१ वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा २५६८ औ बुद्ध जयन्ती भब्यताका साथ मनाईएको छ ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाल आदिवासी जनजाति महासंघ कतारको समन्वयमा नेपाली राजदूतावासको सभाहलमा परिषदका अध्यक्ष रमेश भट्टको अध्यक्षता तथा नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

बुद्ध जयन्तीका अवसरमा विधिगत रुपमा लामा गुरु मार्फत पुजा अर्चना सहित कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

धर्म गुरुहरु बेन्दे लामा, सिर्कु मनाङथेन तामाङ, चन्द्र लामा, सुर्यमान तामाङ, अनिता लामा र पुष्पा लामा बुद्धको जन्म जयन्ति, बुद्धत्व प्राप्त, बुद्वपदा निर्वाण, त्रियुग सांहरको बारेमा व्याख्या गरेका थिए । नेपाल मगर संघ,तमु गुरुङ समाज,नेपाल प्रवासी तामाङ समाज थारुकल्याणकारी सभा कतार,शेर्पा किदुङ,नेपाल तामाङ घेदुङले कार्यक्रमको लागी पुजाको सम्पुर्ण ब्यवस्थापन गरेका थिए ।

कार्यक्रमको बारेमा आदिवासी जनजाती महासंघका अध्यक्ष डिएन मगरले प्रष्ट पारेका थिए । प्रमुख अतिथी ढकालले आफनो मन्तव्य बोल्दै मानव चिन्तन गरेर बिचार दर्शन र ब्यवहार जसले अगांलेर हिन्न सक्छ उ सफल हुने र असल सत्कर्ममा पुग्न सक्ने बताए ।भगवान बुद्ध भनेको बुद्ध धर्मावलम्बीको मात्र न भै सन्सार भर सबैको भगवान हुन उनले भने ।बुद्ध दर्शन बिचार र ब्यवहार सगं-सगै लैजान सके आत्मालाई पनि शान्ती दिने उनको भनाई रहेको थियोइ । ढकालले कार्यक्रममा उपस्थित भएका प्रमुख तथा प्रतिनिधि सबैलाई सकारात्मक काम गर्न सबैलाई आग्रह समेत गरे । बिदेशमा समेत कार्यक्रमको आयोजना गरेर बुद्ध दर्शन गर्न ब्यवस्थापन गर्ने आयोजक प्रती कृतज्ञता प्रकट गरे।

अध्यक्ष  भट्टले गौतम बुद्ध जन्मेको देशमा जन्मेका हामी शान्तीप्रिय नेपालीहरुले गौतम बुद्ध भारतमा जन्मिएका हुन भनेर जुन गलत प्रचार गरिरहेको र बिश्वमा रहेका नेपालीहरुले त्यसलाई चिर्नुपर्ने बताएका थिए । कतारमा स्थापित भएका सामाजिक संघ संस्थाहरुहरुले सदैब यसरी जुटेर एक्यवद्धता गरेर कार्यक्रम गर्न सके खर्च कम हुने र सबैलाई समेटन सक्ने उनको भनाई रहेको थियो ।

कार्यक्रमा एन आरएने एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक महासचिव हरि बहादुर महत्तोले गरेका थिए ।

यो कार्यक्रम एनसीसी कतारले आफ्नो क्यालेन्डरमै राखी प्रतेक वर्ष यसरिनै सहजीकरण गरि मनाउदै आएको छ ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न जनजाती, आदिवासी तथा संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।


प्रकाशित : २०८१ जेठ १२ गते ११:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology