प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०८१ जेठ १६ गते १:३२

( सिमा श्रेष्ठ पूर्बखोला- ५ बिरकोट )

वडा स्तरीय प्रजनन स्वास्थ्य समितिलाई १ दिने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

पूर्बखोला गाउँ पालिकाका वडा न.१ सिलुवा , वडा न.२ जल्पा , वडा न.३ रिङनेरह , वडा न. ४ देवीनगर , वडा न. ५ बिरकोटमा समितिका सदस्यहरुलाई प्रजनन स्वास्थ्य भनेको के हो ?प्रजनन स्वास्थ्यको उदेश्य , लैङ्गितामा आधारित हिंसा , हिंसाको प्रकार ,लिंग र लैङ्गिता , पारिवारिक योजना , र (O C M C) एकद्वार संकट ब्याबस्थापन र यसको कार्य सम्बन्धि समपुर्ण जानकारी बारे रम्भा गाउँपलिकाका सामुदायिक अगुवा युनिका राना सहजीकरण गर्नुभयो ।

यस कार्यक्रमका मुख्य पाहना तथा पूर्बखोला गाउँ पालिका ५ बीरकोटका वडा अध्यक्ष बिष्णु कुमार पल्लीले मानिसले जिवनको बाटो धेरै चरण पारगर्दै जादा धेरै समस्याहरु पनि पन्छाउदै जानुपर्छ , यश प्रजनन स्वास्थ तथा यौनको बारेमा खुलेर बोल्न ,कार्यक्रम गर्न नसक्दा समाजमा नराम्रो घटना पनि घटन सक्ने भएकोले यस्ता कामहरु स्पष्ट खुलेर काम गर्न जरुली छ भन्दै यसलाई निरन्तरता दिन पनि वडाको तर्फबाट प्रतिबद्ध जनाउनु भयो । आई पास नेपालको आर्थिक सहयोग र सामुदायिक अगुवा पूर्बखोला गाउँ पालिका पाल्पाको आयोजनामा चलेको कार्यक्रम सामुदायिक अगुवा संगीता श्रेष्ठको संचालन र गोमती पल्लीको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्रजनन स्वास्थ्य समितिका अध्यक्ष तथा वडा सदस्य पार्बती हिताङ्रगको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०८१ जेठ १६ गते १:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology