वडा स्तरीय प्रजनन स्वास्थ्य समितिलाई १ दिने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

कन्दरा सम्बादाता
प्रकाशित : २०८१ जेठ १६ गते १९:५६

(सिमा श्रेष्ठ पूर्बखोला -५ बिरकोट )

वडा स्तरीय प्रजनन स्वास्थ्य समितिलाई १ दिने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पूर्बखोला गाउँ पालिकाका वडा न.१,२,३,४,र ५ पछि आज वडा न. ६ हेक्लाङमा कार्यक्रम गरिएको हो। कार्यक्रममा समितिका सदस्यहरुलाई प्रजनन स्वास्थ्य भनेको के हो ? प्रजनन स्वास्थ्यको उदेश्य , लैङ्गितामा आधारित हिंसा , हिंसाको प्रकार ,लिंग र लैङ्गिता , पारिवारिक योजना , र (O C M C) एकद्वार संकट ब्याबस्थापन र यसको कार्य सम्बन्धि समपुर्ण जानकारी बारे रम्भा गाउँ पलिकाका सामुदायिक अगुवा युनिका राना ले सहजीकरण गर्नुभयो ।

यस कार्यक्रमका मुख्य पाहना तथा पूर्बखोला गाउँ पालिकाका ४ देवीनगरका वडा अध्यक्ष मेहरसिं थापाले यश यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम धेरै राम्रो भएक‍ोले यो बुद्वा आफुहरुने बनाउदै गरेको होडिङ बोर्डमा पनि राख्ने र यश कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्वता जनाउनु भयो ।

वडा न. ५ का वडा अध्यक्ष बिष्णु कुमार पल्लीले मानिसले जिवनको बाटो धेरै चरण पारगर्दै जादा धेरै समस्याहरु पनि पन्छाउदै जानुपर्छ , यश प्रजनन स्वास्थ तथा यौनको बारेमा खुलेर बोल्न ,कार्यक्रम गर्न नसक्दा समाजमा नराम्रो घटना पनि घटन सक्ने भएकोले यस्ता कामहरु स्पष्ट खुलेर काम गर्न जरुली छ भन्दै यसलाई निरन्तरता दिन पनि वडाको तर्फबाट प्रतिबद्ध जनाउनु भयो । आजका प्रमुख अतिथि तथा वडा न. ६ हेक्लाङका वडा अध्यक्ष धन बहादुर घर्तीले यश कार्यक्रम धेरै प्रभाबकारी भएकोले गाउँ गाउँमा कुना कन्दरामा रहेका खुलेर आउन नसक्ने हरुलाई यसले सहयोग गर्ने कुरा गर्नुभयो ।


सहभागीकोहरुको तर्फबाट जल्पामा माया रानाले ,देबिनगरमा भुवन सिंजालीले बिरकोटमा अनिता थापाले र हेक्लाङमा ललीता दर्लामीले आ आफ्नो कुरा राख्नुभयो ।आई पास नेपालको आर्थिक सहयोग र सामुदायिक अगुवा पूर्बखोला गाउँ पालिका पाल्पाको आयोजनामा चलेको कार्यक्रम सामुदायिक अगुवा सिमा श्रेष्ठको संचालन र संगीताको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्रजनन स्वास्थ्य समितिका अध्यक्ष तथा वडा सदस्य शान्तिसरा बि.क .को अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०८१ जेठ १६ गते १९:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology