व्यावसायीक कुखुरा पालन तालिम सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०८१ जेठ १८ गते १७:०५

(सिमा श्रेष्ठ पूर्बखोला ५ बिरकोट )

व्यावसायीक कुखुरा पालन तालिम सम्पन्न भएको छ । पूर्बखोला गाउँ पालिका ५ बिरकोटको सभाहलमा पूर्बखोला ५ बिरकोटका कुखुरा व्यावसायिकहरुलाई २दिने कुखुरा पाल्न समबन्धि कुखुरामा लाग्ने रोग ,रोगको प्रकार , कुखुरालाई रोग लाग्नबाट बचाउने ,रोग सर्ने माध्यम ,रोगको लक्षण ,यसको रोग थाम , कुखुराको दानापानी ,खोर व्याबस्थापन ,खोप ,फार्म समबन्धमा , कस्तो कुखुरा राम्रो कतस दिनको अण्डा अ‍ोठोरा दिन राम्रो हुन्छ भनी कुखुरा समबन्धि सम्पुर्ण जानकारी पशु प्रबिधि पूर्बखोला गाउँ पालिकाका धन बहादुर दर्लामी र वडा न: १ सिलुवाका पशु पशुप्रबिधि हरि प्रसाद सिग्देल ले सहजीकरण गर्नुभयो ।

प्रतिबेदन सुनिता नेपालीले गर्नुभएको थियो भने ,सहभागीको तर्फबाट बोल्दै सबै सहभागीहरुलाई सिकेर जान्ने बुझ्ने भएर मात्र हुदैन तालिम लिएर जे सिके पनि व्याबसायिक रुपमा आयआर्जनको हुनेगरी प्रभाबकारी रुपमा अंगालेर अगाडि बढ्नुपर्ने कुरा गर्नुभयो ।

यश समापन कार्यक्रमका अध्यक्ष पुर्बखोला गाउँ पालिका ५ बिरकोटका वडा अध्यक्ष बिष्णु कुमार पल्लीले सहभागीहरूले सोचेर गर्छु भनेर हुदैन कुनैपनि कामगर्न धेरै थोरै लगानीगरि शुरु नै गरि व्यावसायिक रुपमा नै आयआर्जन हुनेगरी चलाउने छ भनी व्यावसायक शुरु गर्न आग्रह गर्नुभयो कार्यक्रम बिष्णु कुमार पल्लीको अध्यक्षतामा चलेको हो।


प्रकाशित : २०८१ जेठ १८ गते १७:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology