श्रीनगर यातायात पिडामा रहेको चालकको सहयात्री बन्दै

कन्दरा सम्बादाता , माधब पाण्डे
प्रकाशित : २०८१ जेठ १९ गते १५:०८

सवारी सञ्चालनमा महत्त्वपूर्ण भुमिका चालकको हुने गर्दछ । चालकले उल्लेखनीय भुमिका निर्भा  गर्दै अाएका हुन्छन् । सयौं यात्रुलाई सुरक्षित यात्रा गराउने चालक कहिले  असामाहिक निधन साथै परिवारमा अर्थिक अभावले स्वास्थ्यमा  असर परी निधन पनि हुने गर्दछ ।

यात्रुलाई गन्तब्यमा पुर्याउने कर्तब्य पालनको सिलसिलामा कालगतिले स्वार्गारोहण भएका पूर्बखोला गाउँपालिका-४ देवीनगर काफलडाडा बस्ने जीप चालक स्व.धन बहादुर बारघरेको परिवारलाई र लामो समय सम्म अस्पताल भर्ना भै स्वास्थ उपचार गर्नुभएका सवारी धनी/चालक पूर्बखोला -२ जल्पा साकिने निवासी सुर बहादुर राना लाई श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.ले राहत स्वरुप आर्थिक सहयोग गरेको छ।

असामाहिक निधन भएका चालक बारघरेको परिवारलाई लाई नगद रु २५ हजार र अस्पतालमा उपचार  गरि घरमा बसेका विरामी चालक राना लाई नगद रु १० हजार राहत स्वरुप नगद रकम यातायात सेवा कम्पनीका अध्यक्ष डिल वहादुर ढुङ्गाना तथा पदाधिकारीहरु घर घरमा गयर हस्तान्तरण गर्यो।


प्रकाशित : २०८१ जेठ १९ गते १५:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology