फोक्सिङकोट र बिरकोट खानेपानी उपभोक्ता समितिको पुर्ण सहमति

कन्दरा सम्बादाता ,सिमा श्रेष्ठ
प्रकाशित : २०८१ जेठ २० गते २०:१८

(सिमा श्रेष्ठ बिरकोट पाल्पा )

फोक्सिङकोट र बिरकोट खानेपानी उपभोक्ता समितिको बैठक बसी पुर्ण सहमति गरेयो ।

रम्भा गाउ पालिका २ का वडा अध्यक्ष चेत बहादुर सुनारी , र पूर्बखोला गाउँपालिका ५ का वडा अध्यक्ष बिष्णु कुमार पल्लीको प्रमुख आथित्यमा २०५२/०५३ मा प्रतिनिधि सभा सदस्य माननीय दल बहादुर रानाको पहलमा साबिक वडा न: ५ बिरकोट गा.बि.स.का अध्यक्ष देप प्रसाद श्रेष्ठ र साबिक वडा न:२ फोक्सिङकोट गा.बि.स. का अध्यक्ष थमन बहादुर पाडे बिच भएको खानीखोला (धोस्रोकखोला )को पानी दुवै गा.बि.स.ले सयुक्त रुपमा प्रयोग गर्ने र दुबैको सहमति बिना कसैले पनि उपभोग गर्न नदिने भन्ने बिगतको सहमतिलाई पुर्न कार्यनवयन गरि आयोजना परेको खण्डमा दुवैले मर्मत र निर्माण गर्ने गरी समितिका दुवै वडाका खानेपानी उपभोक्ता समिति ३८ जनाको उपस्थित र हस्ताक्षर गरि प्रतिबद्धता जाहेर गरि निर्णय गरेको छ ।
फोक्सिङ कोट खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष नारायण सारुले आफुहरुलाई खानेपानी नपुगेको खण्डमा सबै पानी आफुहरुहे प्रयोग गर्न पाउनुपर्ने कुरा पनि राख्नु भयो । कार्यक्रम रिमीघा डाडामा बिरकोट खानेपानी उपभोक्ता समितिका सचिब प्रेम बहादुर बारघरेको संचालन र अध्यक्ष यम प्रसाद श्रेष्ठको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०८१ जेठ २० गते २०:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology