अकला आधारभूत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न।

कृष्ण पंगेनी
प्रकाशित : २०८१ जेठ २४ गते २२:१८

                  पूर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवा तामाखानीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। पूर्वखोला गाउँपालिकाको आयोजना तथा अकला आधारभूत विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रम मा करिब १०० जना विद्यार्थीका अभिभावक को सहभागिता रहेको थियो। उक्त कार्यक्रमको मुख्य पाहुना पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्रमुख लोकहरी देवकोटा र दमकडा माध्यमिक विद्यालयका शिक्षक जीवन आचार्य ले गर्नुभएको थियो। कार्यक्रममा एउटा सफल विद्यालय सक्रिय अभिभावक दायित्व बोध शिक्षक मा आवश्यक पर्ने विभिन्न तत्त्वहरू माथि छलफल भएको थियो। १०० जना शिक्षक बराबर एक बुबा र हजार बुबा बराबर एकजना आमा हुने कुरामा जोड दिँदै बालबालिकाको सबैभन्दा पहिलो पाठशाला आफ्नै घर हो, घरबाटै बालबालिकाको अनुशासन र लगनशीलतालाई जोड दिनुपर्ने कुरामा छलफल चलाउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा ले सफल विद्यालय बनाउनको निम्ति त्रिपक्षीय सम्बन्ध हुने कुरामा जोड दिँदै सबैको मिलीमतोमा सफल विद्यालय बनाउने कुरा व्यक्त गर्नुभएको थियो।
कार्यक्रम अकला आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खेमबहादुर हिस्कीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पंगेनी को स्वागत मन्तव्य र शिक्षा शाखा प्रमुख श्री देवकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।


प्रकाशित : २०८१ जेठ २४ गते २२:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology