माया रानाद्वारा लिखित “चिनारी ढोलीमाराको (हिजो, आज र भोली)” नामक पुस्तक बिमाेचन

भुवन सिंजाली
प्रकाशित : २०८१ जेठ २७ गते १९:१०

माया रानाद्वारा लिखित “चिनारी ढोलीमाराको (हिजो, आज र भोली)” नामक पुस्तक एक कार्यक्रम बिच ढाेलिमाराकाे हाेमस्टेयकाे सामुदायिक भवनमा बिमाेचन गरियको छ।

शयरि युवा क्लब ढोलिमाराकाे आयाेजनामा भएको पुस्तक बिमाेचन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय खेम बहादुर सारुले पुस्तक बिमाेचन गर्नु भएको हाे। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सारुले पुस्तकमा ढोलिमाराकाे समग्र रुपमा कला सस्कृति , जातजाति , भेषभुषा , रहनसहन , शैक्षिक , सामाजिक , आर्थिक , राेजगारि , कृषि , पशु , पर्यटकीय क्षेत्र , अन्नबालि , जनसंख्या , हाेमस्टेय , र भोलि गर्न सकिने ,गर्नु पर्ने काम याेजना लगाएतका बारेमा प्रस्तरुपमा लेखिएको छ।
यश पुस्तकले ढोलिमाराकाे एतिहासिक दस्तावेज बनेको भन्दै लेखक र प्रकाशकलाई धन्यवाद दिनुहुँदै भाेलि ढोलिमाराले गर्न चाहेको सबै खाले विकास निर्माणमा आफ्नाे क्षेत्रबाट साथ सहयोग रहने प्रतिव्यत्तता गर्नुभयो।

पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले याे पुस्तकले ढोलिमाराकाे मात्र नभएर पूर्वखाेला गाउपालिकाकै पुस्तक हाे । यसले गर्दा पूर्वखाेला गाउपालिकाकाे चिनारीमा ठुलाे सहयोग पुगेको छ । पुस्तक लेखन गर्न धेरै खाेज अनुसन्धान मेहनत समय खर्च गर्नु पर्छ। माया जि ले पनि धेरै मेहनतका साथ पुस्तक लेख्नु भएको हाे । अब थप पूर्वखाेला गाउपालिकाकै चिनारीकाे पुस्तक लेख्न सल्लाह दिनुहुदै आबश्यक साथ सहयोग गाउपालिकाले दिने बताउनुभयो ।

पुस्तकमाथि टिप्पणि गर्नु हुदै साहित्यकार तथा पत्रकार दल बहादुर गुरुङ उदबुद्द मा.वि. का साहायक प्र अ सुशील न्याैपानेले पुस्तकमा सलर गाउले भाषा प्रयोग भएको , पुस्तक भित्र १४ वटा विषय वस्तु समेटिएको जसमा ढाेलिमाराकाे परिचय देखि लिएर एतिहासिक पृष्ठभूमि सामाजिक , शैक्षिक , आर्थिक , राेजगारि , चुलिडाडा पर्यटकीय क्षेत्र , कबुलियति वन , किवि खेति , ढाेलिमाराकाे विकासमा जापानि नागरिक काजुमासा काकिमिले पुर्याएकाे याेगदान , ढाेलिमाराकाे भावि याेजना र गित कविता , फाेटाेहरु गरि जम्मा ६८ पेस समाबेश रहेको छ। केहि विषयवस्तु अगाडि पछाडि हुनुपर्ने सल्लाह दिदै समग्र रुपमा पुस्तक राम्रो रहेको टिप्पणी गर्नुभयो ।

पूर्वखाेला गाउपालिकाका प्रबक्ता मेहर सिं थापा , जल्पा वडाका अध्यक्ष नीर बहादुर सारु , रिङनेरह वडाका अध्यक्ष कृष्णप्रसाद भट्टराई , सम्भु मा वि का प्र अ चित्रबहादुर कवर , समाज उत्थान सहयोग केन्द्रका अध्यक्ष माेहन बहादुर रखाल , पूर्वखाेला स्वास्थ्य शाखाका प्रमुख माेहन ढकाल , जल्पा स्वास्थ्य चाैकिका प्रमुख पदम दर्लामि लगाएतले पुस्तककाे बारेमा चर्चा गर्दै शुभकामना दिनुभयो ।

पुस्तक सायरि युवा क्लबकाे व्यवस्थापनमा चित्रबहादुर कवर र भिम बहादुर आलेकाे सम्पादन श्रिधन कवरकाे कम्प्युटर टाइपिङमा प्रकाशन गरेको हाे ।

पुस्तक लेखक माया रानाले आफ्नाे पहिलो पुस्तक भएको हुदा केही कमि कम्जोरि भएको अवस्थामा टिप्पणीकारले उठाउनु भएको कमि कम्जोरिलाई सच्याउने र पुस्तक लेख्न प्रकाश गर्न साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुहुदै । थप नया विषय वस्तुमा पुस्तक लेख्न हाैसला मिलेकाेले तयारीमा लाग्ने र पुस्तक लेख्ने बताउनुभयो ।

पुस्तक १ हजार प्रति प्रकाशन भएको छ । पुस्तक व्यक्तिलाई प्रति रु १०० र संस्थालाई रु २०० मुल्य रहेको छ।

कार्यक्रममा पुस्तक लेखक , लेख्न सहयोग गर्ने व्यक्ति , प्रकाशन गर्ने संघसंस्थालाई सम्मानपत्र मायाकाे चिनाे प्रदान गरेको थियो ।
कार्यक्रम सायरि युवा क्लबका अध्यक्ष श्रिधन कवरकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ जेठ २७ गते १९:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology