पाल्पाको रामपुरमा माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोक्कीदा एक जना घाइते ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ जेठ ३१ गते १०:४९

जेठ ३१ , रामपुर नगरपालिका वडा नम्वर ८ भुजातमा आज माइक्रो र मोटरसाइकल एक आपसमा ठोक्कीदा एक जना घाइते भएका छन। रामपुर बाट बुटवल तर्फ जादै गरेको ग २ प १७३७ नम्वरको माइक्रोबस र रामपुर तर्फ आउदै गरेको ना १३ प ८९२९ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । रामपुर नगरपालिका वडा नम्वर ८ झिरुछाप बस्ने ६३ वर्षका खेम बहादुर सारु घाइते भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरीनिरिक्षक शालिकराम खनालले जानकारी दिनुभएको छ । घाइतेको रामपुर अस्पतालमा सामान्य उपचार पछि लुम्विनी मेडिकल कलेज प्रभासमा थप उपचारको लागि पठाएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि चालक र गाडि प्रहरीको नियन्त्रणमा रहको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ जेठ ३१ गते १०:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology