बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ कार्तिक १० गते २२:४२

पूर्वखोला गाँउपालिका वडा न २ जल्पामा रहेको जनसेवा युवा समुहको १८ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुल्सा देवी बस्यालले संस्थाको भावीयोजना सहित बार्षिक प्रगती प्रतिबेदन सुनाउनु भयो। साथै गाँउका युवाहरु बिदेश पलायन हुनु र भएका युवाहरुले पनि सामाजिक जिम्मेवारी प्रति उत्तरदायित्व नहुनुले सँस्था चलाउन चुनौती रहेको सुनाउनु भयो । त्यस्तै गरी संस्थाका कोषाध्यक्ष पदम बाहादुर थापा दर्लामीले ९ लाख, ३ हजार, ४९३ रुपियाँ बराबरको आर्थिक आयव्यय सुनाउनु भयो , साथै आफ्नो कार्यकालमा कसैले प्रश्न नगर्ने गरी आर्थिक पारदर्शी ढङ्गले काम गरेको जानकारी गराउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला जल्पाका वडा अध्यक्ष निर वहादुरसारुले संस्थाले सामाजिक रुपान्तरणको लागी गरेको कामको प्रसंसा गर्नु भयो। बिशिष्ट अतिथि भिमि सरा आले, संस्थापक सचिब जय बहादुर सारु, मोहन बहादुर रखाल लगायतले शुभकामना दिनु भयो। अधिबेशनले श्रीधन कवरको अध्यक्षतामा १३ जना सदस्य रहेको कार्यसमिति चयन गरिएको छ, जसमा उपअध्यक्ष माया राना, सचिव पदम थापा दर्लामी, सह सचिव लेख कुमार सारु कोषाध्यक्ष तुल्सा बश्याल चयन गरिएको छ ।
कार्यक्रममा जल्पा वडा भित्रका टोल स्तरिय युवा क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सँस्थाका सचिव श्रीधन कवरको संचालन र अध्यक्ष तुल्शा देवी बश्यालको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।


प्रकाशित : २०८१ कार्तिक १० गते २२:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology