बाल क्लबलाई स्टेज उत्घोषण तालिम

माया राना,जल्पा
प्रकाशित : २०८१ मंसिर ९ गते १०:२४

” बाल बालिकामा लगानी ; सुनौलो भबिश्यको थालनी” यो नारालाई आत्मासाथ गर्दै पूर्वखोला २ जल्पामा रहेको गाँऊ बाल संरक्षण संबर्दन उपसमितिले , बालक्लबहरुको लागी आयोजना गरेको एक दिने स्टेज उत्घोषण तालिम सकिएको छ्।

जल्पा वडाभित्र रहेका १४ वटा बाल क्लबका ४० जना बालबालिकाहरुले , उत्घोषण्को ३ वटा चरण, – कार्यक्रमको पुर्वतयारी, कार्यक्रमको अवधीमा हुने आफ्नो भुमिका , कार्यक्रम सम्पन्न पछी आफ्नो कर्तब्यबारे जानकारी पाएका छन्। साथै सहभागीहरुले सैदान्तिक ज्ञान पछि ४ वटा समुहमा बिभाजन गरी कार्यक्रम संन्चालनको अभ्यास गरेका थिए।
मोबाइल फोन, सामाजिक संजालको दुनियामा बाल्बालिकाहरु अल्झिरहेको अबस्थामा , बाल क्लबले सस्थागत जिम्मेवारी , ब्यवहारिक कुराहरु , अनुशासनका पाठ सिकाउन सकिने आयोजक समितिका संयोजक चित्र वहादुर कुँवरले बताउनु भयो। तालिमको अनुगमन गर्न टोल टोलमा रहेका बाल क्लबहरु सँग अन्तरक्रिया कार्यक्रम गर्न जाने समेत जानकारी गराउनु भयो। तालिममा जल्पा गाउँबाल सँरक्षण संबर्द्दन उपसमितिका दिपक न्यौपाने, माया राना, श्रीधन कवरले सहजिकरण गर्नु भएको थियो। समितिका सचिब पदम थापा ( दर्लामी) को संचालन र सँयोजक चित्र वहादुर कवरको अद्द्क्ष्यतामा सम्पन्न भएको हो।


प्रकाशित : २०८१ मंसिर ९ गते १०:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology